कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका विभिन्न तीन वटा वडा कार्यालय भवन निर्माण गरिएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा दुई करोड नौ लाख ५४ हजारको लागतमा वडा नं ३, ४ र ५ को कार्यालय भवन निर्माण गरिएको हो । वडा नं ३ को पाहुँदुरमा ६९ लाख ८८ हजार ७४९, वडा नं ४ को बाँसखर्कमा ६९ लाख ३० हजार ५११ र वडा नं ५ को झोवाङमा ७० लाख ३५ हजार ५६६ को लागतमा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । दुईतले सुविधा सम्पन्न ती पक्की भवन निर्माणका लागि साझेदारी कार्यक्रमअनुसार कूल