रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ ।
पानीमाथि निर्माण गरिएको यो मुलुककै एक मात्र सरकारी कार्यालय भएको तिलोत्तमाको दाबी छ ।
नगरपालिकाले वडा नम्बर ११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो । कार्यालयको वरिपरि पोखरी व्यवस्थित गरिएको छ । त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रीकालीन समयमा समेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ ।
वडा कार्यालयको नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी आचार्यले उद्घाटन गरेका छन् । वडा नम्बर ११ स्थि...