देशभरि महामारीको जोखिम‚ प्रतिपक्षको प्रश्न- सरकार कता छ ?

काठमाडौं: यतिबेला देश धेरै खालको महामारीको जोखिमको डिलमा उभिएको छ। देशको आर्थिक अवस्था त धराशयी छदैँ थियो,पछिल्लो समय कृषि र मानव स्वास्थ्यसँग सम्बन्धीत महामारीको जोखिम पनि थपिएको छ। आर्थिक संकटको महामारीको चपेटामा परेका नेपाली जनता यतिबेला जनधनको क्षतिबाट आक्रान्त भइरहेका छन्। तर,सरकार कानमा तेल हालेर बसिरहेको छ। वर्तमान सरकार जनताको समस्या र राष्ट्रिय स्वार्थको सुरक्षाप्रति कति संवेदनशील छ भन्ने दृष्टान्त पछिल्लो समय देशभर बढ्दो महामारीको जोखिम र सरकारले चालेको कदमले देखाउँछ।&nb

सम्बन्धित सामग्री

कोरोना महामारीको जोखिम कहिले अन्त्य होला ?

सरकारी तथ्यांक अनुसार कोरोना संक्रमणका हालसम्म ११ लाख ५२ हजार बढी केस भेटिएका छन् भने १२ हजार २० जनाको मृत्यु भएको छ । गत असोजदेखि संक्रमित संख्या घट्दै जाँदा अहिले मृतकको संख्या शून्यमा समेत आइपुगेको छ । तर महामारी अन्त्य भएको घोषणा गर्ने हतारमा सरकार छैन ।

अर्थतन्त्र उत्थानमा अवसरको उपयोग

कुनै पनि विपत्ति वा राजनीतिक आवरणमा हुने घटनाक्रमबाट अर्थसामाजिक दैनिकीमा पर्ने प्रभाव अत्यन्तै सकसपूर्ण भए पनि त्यो क्षणिक हुन्छ । तर, त्यसको निकासमा अपनाइएको उपाय सही भयो भने त्यो विकासमा छलाङ मार्ने औजार सावित हुन्छ । विश्वको अर्थराजनीतिमा विपत्तिलाई उदाहरणीय विकासमा अघि बढ्ने प्रस्थानबिन्दु बनाइएका उदाहरण प्रशस्तै छन् । हामीकहाँ भने संकटलाई उज्यालो भविष्यतिर बढ्ने बाटो होइन, बरु अवस्था सामान्य हुँदै जाँदा यस्तो समयमा उदाएका सीमित अवसर पनि गुम्दै गएका उदाहरणहरूको कमी छैन । जस्तो कि, कोरोना महामारी नियन्त्रणका लागि अन्तरराष्ट्रिय सिमाना बन्द गरिँदा स्वदेशी खाद्य वस्तु, जुत्ता चप्पल, कपडालगायतले राम्रै बजार पाएको थियो । बन्दाबन्दी खुलेसँगै बजारमा आयातित वस्तुको वर्चश्व बढ्यो । सेवाक्षेत्रमा पनि यो समस्या देखा परेकै छ । चीन र भारतजस्ता अर्थतन्त्रको बीचमा रहेर हाम्रो उत्पादनको लागत घटाउन सकेनौं भने आयात प्रतिस्थापन पनि सपनाको कुरामात्रै हुन्छ । उत्पादन लागतम घटाउन ऊर्जा, कर, ढुवानी, श्रम, पूँजीको लागतजस्ता कुुरामा ध्यान दिनुपर्छ । भारतले २०७२ सालमा लगाएको नाकाबन्दीताका ऊर्जा उत्पादनमा अग्रसरता देखिएको थियो । पेट्रोलियम उत्पादनदेखि चीनबाट खरीदसम्मका योजना बनेका थिए । घरघरमा ग्यासको पाइपलाइन लैजाने कुरा पनि आए । अवस्था सहज भएपछि ती सबै ओझेलमा परे । कोरोना महामारीले स्वास्थ्य सेवाको स्तर बढाउनुपर्ने र यस्ता महामारीसित जुध्न स्वास्थ्य सेवालाई सधैं तम्तयार अवस्थामा राख्नुपर्ने पाठ सिकायो । केही पूर्वाधार पनि बनेका छन् । तर, पर्याप्त छैनन् । अहिले पनि महामारीको जोखिम सकिएको छैन । तर, सतर्कता र पूर्वतयारीको योजना सकिएको आभास हुन्छ । खासमा यस्ता असहजतालाई उचित तरीकाले सामना गर्न सकियो भने मात्रै ती विकासको मौका बन्न सक्छन् । अन्यथा यी तत्कालका लागि आपत्, तर दीर्घकालका निम्ति अर्थसामाजिक विचलनका उत्पादक बन्छन् । अर्थतन्त्रकको विद्यमान अवस्थाका अगाडि हामीले लक्ष्यमा राखेका विकास लक्ष्य आकाशको फलजस्ता लाग्छन् । सरकारले अघि सारेको दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाले विसं २०८७ सम्ममा असमानता न्यूनीकरण गर्दै गरीबीलाई ५ प्रतिशतमा सीमित तुल्याउने लक्ष्य राखेको छ । अहिलेको २० प्रतिशत हाराहारीको गरीबीलाई अबको पुगनपुग दशकभित्रै ५ प्रतिशतमा सीमित गरेर विसं २१०० सम्ममा निरपेक्ष गरीबीमा रहेको जनसंख्या शून्यमा झार्ने योजना सुन्नमा कर्णप्रिय लागे पनि यथास्थितिको योजना र त्यसको कार्यान्वयनको बलमा सम्भवजस्तो लाग्दैन । अर्कातिर, अबको करीब ५ वर्षमा नेपाल अतिकम विकसित देशको सूचीबाट विकासशीलमा स्तरोन्नति हुन गइरहेको छ । विकासशील हुँदै सन् २०३० सम्ममा मध्यम आयस्तरको देशको सूचीमा उभिनका लागि पनि विकास निर्माणका योजना र उत्पादनका आयामहरू विस्तार गरिनुपर्छ । यसका लागि अबको करीब १ दशकमा नेपालीको आयलाई ५ हजार अमेरिकी डलर पु¥याउनुपर्ने छ । अहिले १ हजार डलरको हाराहारीमा रहेको प्रतिव्यक्ति आम्दानीलाई १० वर्षमा ५ हजार डलर पु¥याउन त्यति सहज छैन । असम्भव पनि होइन । तर, मौजुदा प्रवृत्तिले यो लक्ष्यमा पुग्न सकिँदैन । अल्पकालीन वा दीर्घकालीन विकास रणनीतिको अभाव नै हाम्रो पछौटेपनको कारण हो । । यति नै बेला कोरोना महामारीले यो उद्देश्यमा अवरोध हालेको छ । लक्ष्यमा पुग्न प्रभावकारी नीतिगत योजना र स्रोतको अभाव छ । तर, कोरोना महामारी त योजना कार्यान्वयनको तहमा बसेकाहरूको लागि आफ्नो अक्षमता ढाकछोप गर्ने बहानामात्रै बनेको छ । सरकार संकटपूर्ण अवस्थामा त थप जिम्मेवारी बोध गर्नुपर्छ । कोरोना महामारीले गर्दा मानिसको दिनचर्या र दैनिक व्यवहार परिवर्तन भइरहेको छ । आर्थिक सरोकारहरूका पनि प्रत्यक्ष परोक्ष प्रभाव देखिएको छ । कोरोना महामारी प्रविधिको उपयोग, उत्पादन र बजारीकरणका औजारहरूलाई प्रविधिमूलक बनाउने मौका हो । प्रविधिले उत्पादनको लागत र गुणस्तर अभिवृद्धि हुन्छ । आय आर्जनका सरोकारसमेत परिष्कृत हुन सक्छन् । यसमा अभाव रणनीतिक योजना र त्यसको प्रभावकारी कार्यान्वयनको मात्रै हो । कुनै पनि अवसरको रटमात्र लक्ष्यका निम्ति पर्याप्त हुँदैन । जेजसरी भए पनि आन्तरिक उत्पादन बढाउने र आयात प्रतिस्थापन हुँदै निकासी बढाउने योजना आजको आवश्यकता हो । यसबाटै उत्पादन बढ्नुका साथै अहिले भएका उत्पादनमूलक उद्यमको उन्नतिको आधार निर्माण हुन सक्छ । अहिले सिमेन्ट, डन्डी, खाद्यान्नलगायत उद्यम आक्रमक रूपमा आएको छ । तर, स्थायित्वमा ढुक्क हुने अवस्था छैन । केही वर्षअघि बिलाएका घ्यू, तामा, जिंकलगायत उद्योग नीतिगत र प्रवृत्तिगत अस्पष्टताकै उदाहरण हुन् । बजारको अनुसन्धान र अनुमानविना उद्यममा हामफाल्ने प्रवृत्तिले उत्पादनका क्षेत्र असुरक्षित बनेका छन् । अहिले प्रशोधित तेल निकासीमा देखिएको समस्या पनि यसैको उपज हो भन्न सकिन्छ । हामीले निकासीभन्दा पनि आयात प्रतिस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने हो । तर, निकासीको योजना बनाइएको छ । मूल्य र गुणस्तरलाई कसरी प्रतिस्पर्धी बनाउने भन्नेमा योजना छैन । उद्योग संरक्षणको नाममा आयातमा भन्सार नाकामा उच्च दरको राजस्व लगाएर उपभोक्तामाथिको शोषणको तारतम्य मिलाइएको छ । यस्तो गैर उद्यमशील र बजार अर्थतन्त्रको मान्यताविपरीत कामले उपभोक्तामाथि शोषण त भएकै छ, स्वयम् उद्यमीलाई पनि आश्रित बनाएको छ । उद्यमीमा प्रतिस्पर्धा र दक्षताको कमी देखिएको छ । मूल्य र राजस्व अन्तरमा चलखेलको प्रवृत्ति बढेको छ । अहिले तेल निकासीमा देखिएको दुर्दिन प्रतिस्पर्धी क्षमता नहुनुको परिणाम नै हो । निकासी प्रवर्द्धन र आयात प्रतिस्थापनको कुरा गर्न थालेको दशकौं बितिसकेको छ । सरकार उत्पादन र निर्यात अभिवृद्धिमार्फत व्यापारघाटा न्यूनीकरणका तानाबाना सुनाउँछ । यो सकारात्मक पक्ष हो । यसको पूर्वाधार निर्माणमा अनपेक्षित उदासीनतामात्र देखिएको छैन, कतिपय सरकारी नीतिले भएकै आधार पनि सखाप हुने हो कि भन्ने चिन्ता स्वाभाविक बनेको छ । सबल अर्थतन्त्रका निम्ति आन्तरिक उत्पादन बढाउनुको विकल्प छैन । तर, उत्पादनलाई प्रतिस्पर्धी नबनाएसम्म यसको औचित्य हुँदैन । नेपालको बजारमात्र ठूलो लगानीका निम्ति पर्याप्त हुँदैन । कम्तीमा सम्भाव्य निकट बजार मानिएको भारतीय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा दरिन सक्नुपर्छ । तर, भारतले कुन वस्तुमा आयात महसुल बढाउला र निकासी गरौंला भनेर उद्यमशीलता विकास हुन सक्दैन । विगतमा भारतले आफ्नो उत्पादनको संरक्षणका लागि लिएको राजस्व नीतिको फाइदा लिएर निकासी व्यापार भए पनि यो दीर्घकालीन हुने सम्भावनै थिएन । यस्तो मौका छोप्न करोडौं लगानी लगाउने प्रवृत्ति कम जिम्मेवार छैन । विश्वको कुनै पनि अर्थतन्त्र आफैमा सक्षम छैन । हाम्रो भूराजनीति र अर्थराजनीतिक स्थितिमा निर्यात नसके पनि आयात प्रतिस्थापन गर्न सकियो भने उपलब्धि हुन्छ । यसका लागि स्वदेशी उत्पादनको लागत सस्तो भने हुनै पर्दछ । चीन र भारतजस्ता अर्थतन्त्रको बीचमा रहेर हाम्रो उत्पादनको लागत घटाउन सकेनौं भने आयात प्रतिस्थापन पनि सपनाको कुरामात्रै हुन्छ । उत्पादन लागतम घटाउन ऊर्जा, कर, ढुवानी, श्रम, पूँजीको लागतजस्ता कुुरामा ध्यान दिनुपर्छ । कुनै पनि उत्पादनका प्रारम्भिक लागत नै महँगो बनाएर प्रतिस्पर्धी अर्थतन्त्र र यसका आधारमा समृद्धिको सपना पूरा हुन सक्दैन । कुनै पनि अवसरलाई रूपान्तरणका लागि दीर्घकालीन सोच र त्यसअनुसारका योजनाको कार्यान्वयनमा इमानदारीको खाँचो खट्किएको छ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

बालबालिकालाई नियमित खोप लगाउन छुट्ला नि !

काठमाण्डाै - कोरोना महामारीको जोखिम कम भएको छैन । कोरोना नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम जनस्वास्थ्यका मापदण्डको पालना  गर्नु र कोरोनाको खोप लगाउनु भएको विज्ञले बताउँदै आएका छन् । तर पछिल्लो समय सरकार र सम्बन्धित निकायको ध्यान कोरोनाको खोपतर्फमात्रै केन्द्रित हुँदा बालबालिकाको नियमित खोप सेवा भने प्रभावित भएको छ ।   बालबालिकाको खोप सेवाका लागि आवश्यक स्वास्थ्यकर्मी, स्वास्थ्यस्वयंसेविका, खोप केन्द्र, खोप ढुवानी गर्ने साधन अहिले कोरोनाको खोप अभियानका लागि पनि प्रयोग भइरहेका छन् । कोरोना र नियमित गरी दुई...

महामारीमा स्थानीय सरकार : कतै साबुन हरायो, कतै राहत सामग्री बेचे

२०७६ साल चैतमा कोरोना महामारीको जोखिम बढेसँगै देशभर लकडाउन भए लगत्तै संक्रमण नियन्त्रण र उपचारका काममा कतिपय स्थानीय सरकारको कामकारवाही प्रभावकारी भएपनि केही स्थानीय सरकारहरु आर्थिक अनुशासनहीन र बेथितीमा बदनाम भए । ६ भदौ, काठमाडौं । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिकाले कोभिड व्यवस्थापनसँग सम्बधित बजेटबाट सवारीसाधन मर्मत र भाडाका नाममा ८ लाख रुपैयाँ भुक्तानी दिए […]

‘दैनिक पाँच लाखभन्दा बढीलाई खोप लगाउने क्षमता छ’

देशभर कोरोनाभाइरस (कोभिड —१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, संघीय राजधानीदेखि प्रदेश र स्थानीय तहका खोप केन्द्र व्यवस्थित नहुँदा खोप केन्द्रबाटै कोरोना महामारीको जोखिम बढेको जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरु बताउँछन् ।किन खोप केन्द्र व्यवस्थित हुन सकेनन् ? खोपको प्राथमिकतामा नपरेका व्यक्तिले खोप प्राप्ति गर्दा सरकार किन मौन छ ? बालबालिकाले कहिले कोरोनाविरुद्धको खोप पाउँछन् ? अनुदानमा प्राप्त र खरिद गरेको खोप कहिले नेपाल आइपुग्छ ? यस्ता प्रश्नहरु आम रुपमा उठ्ने गरेका छन् । यी

आन्तरिक हवाई उडान पूर्णरूपमा खुला गर्न अनुमति

असार २५, काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो । क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार विमानस्थल कार्यालय र एयरलाइन्स बीच बैठक बसेर उडान पूर्ण सञ्चालनको तालिका बनाइनेछ । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गर्दै आएको थियो ।            यसअघि कोभिड–१९ महामारीको जोखिम कायम रहेकाले कोभिड अघिको जम्मा उडान सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो । यही असार १७ देखि नियमित आन्तरिक उडान शुरु भएको थियो । मुलुकमा निषेधाज्ञा लागू भए पनि गत वैशाख २० देखि आन्तरिक उडान स्थगन गरिएको थियो । आन्तरिक उडानतर्फ १० हेलिकप्टर कम्पनीसहित २० ओटा वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् । रासस

राजनीति अति भयो, अब महामारीतिर ध्यान जाओस्

नयाँ वर्ष २०७८ को आगमनसँगै देशमा कोरोना महामारीको जोखिम ह्वात्तै बढ्यो । अहिले देशभर अक्सिजनको हाहाकार भइरहेको छ । बिरामीले अस्पतालमा उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । दैनिक दुई सयभन्दा बढीको ज्यान जान थालिसकेको छ । ७३ जिल्लामा निषेधाज्ञा घोषणा गरिएकाले आर्थिक गतिविधि ठप्प छ । निम्न वर्गका मानिसहरु भोकै मर्नुपर्ने स्थिति आउन लागेको छ । महामारीको यस्तो विकराल अवस्थामा पनि सरकार र विपक्षी दलहरु बैशाख महिनाभर सत्ताको जोडघटाऊमा रुमलिँदा जनतामा चौतर्फी निराशा जागेको छ । केन्द्रमा मात्र होइन, प्रदे

‘राजनीतिक दलहरुमा विपद् बारेकाे बुझाइ कम छ’

अहिले नेपालमा कोरोना महामारी भयावह बन्दै गएको छ । बिरामी थपिने क्रमसँगै अस्पतालमा अभावहरु सुरु भएका छन् । तर यही बेला महामारीको जोखिम घटाउन नेतृत्व गर्नुपर्ने सरकार र दलहरु आफ्नै जोखिम नियन्त्रण तथा कुर्सी प्राप्तिको होडमा छन् । अझ विडम्बनापूर्ण कुरा नागरिकहरु सरकार र राजनीतिक दलहरुले गरेका सभा, सम्मेलन लगायतका कार्यक्रमले नै नेपालमा कोरोना फैलन थप सहयोग गर्यो भनिरहेका छन् । यसै विषयमा भोजेन्द्र बस्नेतले विपद् विज्ञसमेत रहनुभएका नेकपा एमालेका नेता गंगालाल तुलाधरसँग गर्नुभएको कुराकानी ।  कोरोना महामार...

सरकार लकडाउन गर्ने मनस्थितिमा छैनः प्रधानमन्त्री

काठमाडौं, बैशाख २ । नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । उनले कोरोना महामारीको जोखिम बढ्दै गएकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरे । नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको महामारीबाट बच्नका लागि […]

सिमानाकाबाट महामारीको जोखिम : प्रदेश सरकार भन्छन् - उच्च सतर्कता अपनाएका छौँ

काठमाण्डौ - लकडाउनपछि महाकाली नदीमा पौडी खेलेर भएपनि सुदूरपश्चिममा नेपालीहरु स्वदेश फर्किए । भारतबाट रातारात पैदलै हिँडेर घर फर्कनेहरुको सङ्ख्या कति छ र उनीहरु कहाँ, कसरी बसेका छन् भन्नेबारे तीन तहका सरकारसँग तथ्याङ्क छैन । जो देखिनेगरी आए उनीहरु मात्रै क्वरेण्टीनमा बसेका छन् भनेर सहजै अनुमान गर्न सकिन्छ ।  मङ्गलबार...