चलचित्र पत्रकार संघका महासचिवले दिए राजीनामा

चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । यौन दुर्व्यवहारको आरोपमाथि छानविन गर्न सजिलो होस् भनेर बलामीले राजीनामा दिएको चलचित्र पत्रकार संघले जनाएको छ ।संघका अध्यक्ष दिनेश सिटौलाले एक विज्ञप्ति जारी गर्दै बलामीको राजीनामा स्वीकृत भएको जनाएको छ । बलामीले राजीनामा दिएपछि संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राजीनामा स्वीकृत गरेको हो । ६ वर्ष अघि संघको चुनावका क्रममा महिला पत्रकारलाई होटलमा लगेर यौन दु

सम्बन्धित सामग्री

अठार सदस्यले छाडे चलचित्र पत्रकार संघ

चलचित्र पत्रकार संघका १८ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति नेतृत्वमा आएको भन्दै बिहीबार १८ जना साधारण सदस्य रहेका पत्रकारहरुले राजीनामा दिएका हुन् । काठमाडौंमा बुधबार सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्षमा समिर बलामी निर्वाचित भएका थिए । बलामीले संघकै सदस्यमाथि यौन दुर्व्यवहार गरेको विषय केही समयअघिमात्रै सार्वजनिक भएको थियो ।

यौन दुर्व्यवहार प्रकरणमा चलचित्र पत्रकार संघका महासचिवले दिए राजीनामा

काठमाडौं । रंग पत्रकारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन् । संघका महासचिव बलामीले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै राजीनामा दिएका हुन् । उनले दिएको राजीनामा चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठकले स्वीकृत […]