काठमाडौं : भारतको आर्थिक सहयोगमा मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डरलगायत सामग्री उपलब्ध गराउन भारतीय दूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा उक्त समझदारी भएको हो। भारतको २ करोड ४ लाख ९० हजार नेपाली रूपैयाँ अनुदानमा मधेश प्रदेशका ३ जिल्लामा ३ हजार वटा एलपी ग्यास चुल्हो, ग्य