काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
काठमाडौं । एक महिने’ गुँला’ पर्व आज शुक्रबारबाट सुरू भएको छ । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्वीहरुले एक महिनासम्म ‘गुँला’ पर्व मनाउने गर्दछन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ तथा ‘ला’ को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल सम्बत अनुसार नवौं महिनालाई ‘गुँला’ भन्ने गरिन्छ । चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म […]