डोनल्ड ट्रम्प राष्ट्रपति बन्नुभन्दा अगावैको स्थितिमा अमेरिकी साम्राज्य फर्काउन खोज्नु मूर्खतापूर्ण कदम हो । साम्राज्य अब विगतको विषय भइसकेको छ अनि अमेरिकी संसदमा गरिएको आक्रमणले त्यसको ढाड भाँचिदिएको छ ।
ट्रम्प समर्थकहरूले संसद् भवनमा आक्रमण गरेको दिन अमेरिकाको प्रभावशाली थिंकट्यांक काउन्सिल अन फरेन रिलेसन्सका अध्यक्ष रिचर्ड हासले लेखे, ‘अमेरिकापछिको युगको आरम्भ मिति आजै हो ।’ उनले यसो भन्नु अर्थपूर्ण छ किनकि यस थिंकट्यांकले वाशिङटनको साम्राज्य संसारभर फैलाउन पैरवी गर्ने गरेको छ ।
‘संसारमा अब कसैले प...