जिल्ला अदालत रुपन्देहीले सार्वजनिक जमिन मिचेको ठहर गरेपछि क्यासिनोसहितको पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट संकटमा परेको छ । अदालतको आदेशसँगै वैदेशिक लगानीको यो रिसोर्ट संकटमा देखिएको हो । रुपन्देहीको तिलोत्तमा नगरको कोटीहवामा रहेको टाइगरले सरकारी जग्गा (सार्वजनिक कुलो) मिचेर विभिन्न पूर्वाधार निर्माण गरेको भन्दै लुम्बिनी नलकुप उपभोक्ता संघ रुपन्देहीको तर्फबाट अध्यक्ष थानेश्वर घिमिरेले रिसोर्ट सञ्चालकविरुद्ध […]