काठमाण्डाै – नेकपा एमालेको अर्थ तथा योजना विभागमा सदस्य बनेका एम अधिकारी भन्ने व्यक्तिको बारेमा संसदमा प्रश्न उठेको छ ।
प्रतिनिधि सभाको आज बुधवारको बैठकमा माओवादी केन्द्रका सांसदहरूले एमालेको अर्थ विभागमा रहेका एम अधिकारी खोटाङ भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् कि होइनन् भनेर प्रश्न गरेका हुन् । माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंक ऐन तथा नियमावलीअनुसार गभर्नर र डेपुटी गभर्नर कुनै पनि दलमा आबद्ध व्यक्ति नियुक्ति हुन नमिल्ने व्यवस्था रहेको भन्दै यसबारे छानबिन गर्न माग गर्नुभए...