नेपालगन्ज– नेपालीहरूको घर आँगनमा दसैंको रौनक बढिरहेका बेला विभिन्न जिल्लाबाट कर्णाली र सुदूरपश्चिम प्रदेश घर जान हिँडेका यात्रु नेपालगन्जमा अलपत्र परेका छन् । हवाई टिकट नपाउँदा दसैं मनाउन विभिन्न स्थानबाट आएका कर्णाली र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण नागरिक नेपालगन्जमा समस्यामा परेका हुन् । हुम्लाका धनञ्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि नेपालगन्जमा अलपत्र हुनु परेको बताए । […]