छात्रालाई करणी गरेको मुद्दामा पाँच वर्षमा ८२ शिक्षक पक्राउ

विद्यार्थीका लागि आफ्नो घर पछि दोस्रो सुरक्षित स्थान हो विद्यालय । तर शिक्षकले नै आफ्नो यौन प्यास मेटाउन विद्यार्थीलाई प्रस्ताव गर्छ भने त्यो विद्यार्थीको मनस्थिति कस्तो होला ? यो साता काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षकले आफ्नो यौन इच्छा पुरा गरिदिए कलेजको शुल्क छुट गराइदिने भन्दै विद्यार्थीलाई दुर्व्यवहार गरेको घटना बाहिरियो । यसले विद्यालय पनि सुरक्षित नभएको भन्दै अभिभावक तर्सिएका छन् । आफूलाई दुर्व्यवहार हुने विद्यालयमा विद्यार्थीले कसरी सिकाइ गर्न सक्ला र त्यस्ता शिक्षकबाट के सिक्ला

सम्बन्धित सामग्री

विद्यालय परिसरभित्रै विद्यार्थीसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ

काठमाडौं । अमेरिकामा छात्रासँग जबर्जस्ती यौनसम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ परेका छिन् । शिक्षिकाले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक–पटक यौनसम्बन्ध राखेको आरोप छ । उजुरी परेपछि प्रहरीले ती महिला शिक्षकलाई कारबाही गरेको थियो । जानकारीका अनुसार डेनभिलकी ३८ वर्षीया एलेन शेलमाथि बलात्कारको आरोप लागेको छ । मुद्दामा दायर गरिएको उजुरी अनुसार, […]

जबरजस्ती करणी मुद्दामा फरार शिक्षक पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन रत्ननगर नगरपालिका-१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुर नगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो ।चितवन साबिक गोरखा नगरपालिका-९ छेपेटारस्थित तारा उच्च म

यौन दुर्व्यवहार आरोपमा सेन्ट लरेन्सका दुई शिक्षक पक्राउ

काठमाडौं : काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा अध्ययनरत २ छात्रालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा सोही कलेजका २ शिक्षक पक्राउ परेका छन्।शिक्षकहरू कागेश्वरी मनोहरा नगरपालिका-७  मूलपानीका ५१ वर्षीय राजन पौडेल र सोही नगरपालिका-८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ का ४७ वर्षीय जनार्दन अधिकारी गएराति पक्राउ परेका हुन्।उनीहरूले कक्षा ११ मा अध्ययनरत १७ र १८ वर्षीया छात्रालाई बाल यौन दुरुपयोग गरेको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही कलेजका विद्या

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा चितवन प्रहरीले दुईजना शिक्षकलाई पक्राउ गरेको छ । बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गर्न बिहीबार दुई शिक्षक गिरफ्तार भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँकेको नेपालगञ्जस्थित टेक्निकल कलेजका शिक्षकलाई पक्राउ गरेको छ । १७ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सो कलेजमा पढाउने ४१ वर्षीय हिक्मत रावललाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।छात्राले मंसिर २३ मा रावल बिरुद्ध उजुर गरेकी थिइन् । रावललाई मंसिर २४ मा पक्राउ गरिएको एसपी अधिकारीले बताए । ०७८ साउनदेखि आफुलाई पटक–पटक शिक्षकले बलात्कार गरेको छात्राको दाबी छ । रावललाई प्रहरीले जबर्जस्ती करणी मुद्दामा म्याद लिएर अनुसन

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्। तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको नायब उपरीक्षक रिमालको भनाइ छ।