नेपालले आफ्नो ऐतिहासिक तथ्य तथा प्रमाणको आधारमा चुच्चे नक्सा कायम गर्यो । त्यो नक्सा कायम गर्दा नेपालको संसद एक ढिक्का भएर त्यसलाई पारित गरेको हो । यो केवल केपी शर्मा ओलीको सनकको आधारमा कायम गरेको भनिनु हुँदैन । अहिले विभिन्न सञ्चार माध्यमहरुमा चीनले नेपालको चुच्चे नक्सालाई स्वीकार गरेन भन्ने उल्लेख गरिएको छ ।