गायिका दिलमायाको मोबाइल भेटिएन्, हत्या आशंका

काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ ।लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । घाँटी कस्न प्रयोग गरिएको आशंका गरिएको सल महाराजगञ्जस्थित नालीमा फालेको सूचना पछ्याएर

सम्बन्धित सामग्री

यी हुन् दिलमाया सुनारको हत्या भएको पुष्टि गर्ने कारणहरु

काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनारको गत असार ११ गते शनिबार मृत्यु भयो। अघिल्लो राति फेसबुकमा ‘सुसाइड नोट’ पोस्ट गरिएको फेला परेपछि प्रहरीले सुरुमा उनले आत्महत्या गरेको आशंका गरेको थियो। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि दिलमायाको मृत्यु झुन्डिएर नै भएको उल्लेख थियो। यद्यपि दिलमायाको परिवारले किटानी जाहेरी दिएका दिलमायाका प्रमी भनिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठ नै हत्यामा […]

गायिका दिलमायाका ‘प्रेमी’ले बोलेको झुट नै बन्यो अनुन्धानको ‘क्लु’

काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मोबाइल फेला नपर्दा उनको हत्या भएको हुनसक्ने प्रहरी आशंका छ । पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी छ । शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । उनको स्थायी घर सुर्खेत हो । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न...

महाराजगञ्जको नालीमा गायिकाको सल भेटियो, पक्राउ परेकाले दिए यस्तो बयान

काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको सल महाराजगञ्जमा भेटिएको छ । महाराजगञ्ज स्थित नालीमा सल भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले काभ्रे घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले उनको डेरामा गएर बिहान फर्केको स्वीकारेका छन् ।

गायिका सुनारको हत्या भएको प्रहरी आशंका, पक्राउ परेका श्रेष्ठमाथि अनुसन्धान हुँदै

प्रहरीले आफ्नै कोठामा मृत भेटिएकी लोक दोहरी गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरेको छ ।