सिलिचोङमा पहिरोबाट एक घरमा क्षति

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिराले एक घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार घाइते हुनुभएको वडाध्यक्ष अलक्षकुमार राईले बताए ।आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले माथिल्लो तेन्छोङका उनको घर पूर्णरुपमा क्षति भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको टाउको र अनुहारमा चोट लागेको छ । पहिरोबाट उनको श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले जानकारी