काँग्रेस महामन्त्री बन्न यी नेताको दौड

काठमाडौं, २४ भाद्र । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी बढेका छन् । महामन्त्रीमा लोकप्रीय नेताहरुले दाबी गरिरहेका छन् । कतिपयले महामन्त्रीको उम्मेदवार बन्ने घोषणा समेत गरेका छन् । काँग्रेस महामन्त्रीमा पूर्वमन्त्री गगन थापा, प्रवक्ता विश्वप्रकाश शर्मा र नेविसंघका पुर्वअध्यक्ष प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । थापाले १४ भाद्रमा उम्मदेवारी घोषणा गरेका हुन् । […]

सम्बन्धित सामग्री

काँग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण

संसद् अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने सरकारले निर्णय गरेको छ। काँग्रेस महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। आउँदो चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ। राष्ट्र बैंकले झण्डै १२ अर्बको ट्रेजरी बोलकबोल गर्दैछ। राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ।

काँग्रेस महामन्त्री शर्माले झापाबाट मतदान गर्ने

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा झापाबाट मतदान गर्दै छन् । महामन्त्री शर्माको मतदाता नामावली गृह जिल्ला झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ मा रहेको छ  ।उनको सचिवालयका अनुसार महामन्त्री शर्माले शुक्रबार मेचीनगरको कविशिरोमणि माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दैै छन् । महामन्त्री शर्मा झापा १ बाट प्रतिनिधिसभा निर्वाचन भिड्दै आएका छन् ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । बुधबार दिउँसो शर्माले आफूलाई कोरोना पुष्टि भएको जनाएका छन् । उनले ८ महिनापछि फेरि सपरिवार कोरोना संक्रमित भएको बताए । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको छ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’  लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर गरिएकोमा आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।चिकित्सक परामर्शमा

काँग्रेस महामन्त्री शर्मालाई पुनः कोरोना संक्रमण

काठमाडौं, ५ माघ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पुनः कोरोना संक्रमण पुष्टी भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफु सहित सपरिपावारलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु’ उनले भनेका छन् । ८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण,आत्मालोचित छु l […]

काँग्रेस महामन्त्री शर्मा वृद्ध महिलासँग भलाकुसारी गर्दै

ताप्लेजुङ, २४ पुस: ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा शुक्रबार वृद्ध महिलासँग भलाकुसारी गर्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्मा ।-तस्वीर : सन्तोष पुर्कुटी-रासस

काँग्रेस महामन्त्री शशाङ्क कोइराला दिल्लीमा

काठमाडौँ । काँग्रेस महामन्त्री शशाङ्क कोइराला निजी भ्रमणमा दिल्ली पुगेका छन् । मुम्बई हुँदै उनी दिल्ली पुगेका हुन् । कोइराला पार्टीका केही नेताका साथ गत शनिबार मुम्बई गएका थिए । त्यहाँ उनले क्यान्सरको उपचार गराइरहेका काँग्रेस सांसद कर्मा घलेको स्वास्थ्य अवस्था बुझेका थिए । त्यहाँबाट दिल्ली आइपुगेका उनले हिजो (मंगलबार) नेता प्रदीप गिरिलाई भेटेका छन् । काँग्रेस नेता गिरि तीन […]

काँग्रेस महामन्त्री कोइराला भारत प्रस्थान

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । शनिबार बिहान ८ बजे दिनका लागि महामन्त्री कोइरालाको टोली भारत भ्रमणमा निस्किएको हो । बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई जाने छ । महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी,  नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि भारत गएका हुन् । तिवारीका अनुसार मुम्बईमा उपचाररत काँग्रेस न

काँग्रेस महामन्त्री खड्को कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था सामान्य

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

काँग्रेस महामन्त्री अझै अस्पतालमै, कस्तो छ पछिल्लो अवस्था ?

विगत १० दिनदेखि अस्पतालमा उपचाररत काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मोख रहेको छ । उनी असोज १२ गतेदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएर उपचाररत रहेका हुन् । उनमा सो अघि नै कोरोना संक्रमण भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हु्न् । अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिमा उनको अवस्था स्थिर र सुधारोत्मुख रहेको उल्लेख गरिएको छ ।

काँग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्काले जानकारी दिएका छन् । महामन्त्री खड्कामा असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको थियो । धेरै सतर्कताका बाबुजुद पनि आफूलाई कोरोना संक्रमण भएको […]