नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको कात्तिक ७ गते बिहीबार बस्ने बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदै छ ।