अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा नेपाल महिला संघको ७५ औँ स्थापना दिवसको अवसरमा सिद्धेश्वर शिवालय मन्दिर (पाणिनि वेद विद्याश्रम)मा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल महिला संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सिद्धेश्वर शिवालय मन्दिरमा कार्यक्रम गरी त्यहाँ रहेका बटुक तथा ब्राह्मणहरुलाई भोजनका लागि २५ हजार १ सय ११ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएकोछ । कार्यक्रममा बटुकहरुले स्वस्तीवाचन पाठ गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मस्कान) जिल्ला सभ...