काठमाडौंमा हस्तकला व्यापार मेला, करको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौंमा १८ औं हस्तकला व्यापार मेला सुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा बौद्धस्थित होटल हायात रिजेन्सीमा मेला सुरु भएको हो । आइतबारसम्म चल्ने मेलाको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे ।