स्याङ्जा सहयोग समाजद्वारा अक्सिजन वितरण

भूपराज बस्याल, स्याङ्जा । बिश्वभरी छरिएर रहेका स्याङ्जाबासी हरुको छाता संगठन स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिले स्याङ्जामा अक्सिजन सिलिन्डर वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जासंग समन्वय गरि १०० सिलिण्डर अक्सिजन हस्तान्तरण गरिएको सस्थाका सदस्य धर्म पराजुलीले।जानकारी दिनुभयो । स्याङ्गजाको केन्द्रको रुपमा रहेको वालिङमा मेयर दिलिप प्रताप खाँणलाइ उक्त अक्सिजन खरिदको निम्ति रकम […]

सम्बन्धित सामग्री

अक्सिजन अभावको सम्बोधन

कोरोना संक्रमणको दोस्रो लहर तीव्र हुँदै गएको र संक्रमितहरूलाई अक्सिजन सहायता चाहिने अवस्थाले गर्दा अक्सिजनको आपूर्ति गर्न निकै समस्या भइरहेको छ । अक्सिजन अभाव भएको भन्दै कैयौं अस्पतालले बिरामी भर्ना लिन छाडेकाले समस्या निकै विकराल बन्दै गएको छ । सरकारले अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि नै बनाएको छ तर त्यसले झनै समस्या निम्त्याएको चिकित्सक र उत्पादकहरूको भनाइ छ । अस्पतालहरूको अवस्था, क्षमता र माग हेरेर अक्सिजन वितरण गर्ने भनिएको छ । तर, यो प्रक्रिया पारदर्शी छैन । अक्सिजन अभावकै कारण नेपालको स्वास्थ्य प्रणाली ध्वस्त भएको बताउन थालिएको छ । सबै अस्पतालले आफै अक्सिजन उत्पादन नगर्ने तथा उत्पादन गरे पनि अहिले अपुग भएकाले अस्पतालहरूले बिरामी भर्ना लिन छाडेका छन् । अक्सिजनकै अभावमा विरामीको मृत्यु भइरहेको छ । नेपालमा दैनिक ८ हजार सिलिन्डर उत्पादन गर्न सक्ने क्षमता छ । तर, अहिले त्यो क्षमताभन्दान निकै बढी अक्सिजन सिलिन्डरको माग भइरहेको छ । मुलुका सानाठूला गरी २० ओटा अक्सिजन उत्पादक हरकेका छन् । तीमध्ये आठओटा काठमाडाैंमा रहेका छन् । अक्सिजन आपूर्तिमा समस्या भएपछि बन्द रहेका कतिपय अक्सिजन उद्योग सञ्चालनमा ल्याइएका छन् । अहिले मुलुकमा १ लाख ८ हजार १ सय ६४ अक्सिजन सिलिन्डर रहेको अनुमान छ । तिनमा पनि ३० देखि ४० प्रतिशत ठूला सिलिन्डर छन् भने बा“की साना सिलिन्डर रहेको अनुमान छ । उत्पादित अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक उत्पादनका लागि प्रयोग हुने अनुमान छ । अहिले सरकारले अक्सिजन उद्योगमा प्रहरी परिचालन गरेको छ भने औद्योगिक उत्पादनमा प्रयोग भइरहेका सिलिन्डर खोज्दै उपचारका लागि अस्पतालहरूलाई वितरण गरेको छ । यसले तत्कालका लागि सिलिन्डरको आपूर्ति बढाए पनि उद्योग क्षेत्रलाई भने असर पार्न सक्छ । अक्सिजन प्रयोग गर्ने साना तथा मझौला उद्योगीहरूबाट सिलिन्डर संकलन गर्दा ती व्यवसायी झनै मर्कामा परेका छन् । यद्यपि मानव जीवनको रक्षा सबैभन्दा महत्त्वपूर्ण भएकाले धेरै उद्योगले स्वेच्छाले नै सिलिन्डर उपलब्ध गराएका छन् । यसरी प्रभावित उद्योगका लागि सरकारले केही राहत दिनु उपयुक्त हुन्छ । अक्सिजन अभाव भएपछि कतिपयले घरमै सिलिन्डर होल्ड गर्न थाल्दा पनि समस्या देखिएको हो । सरकारसँग कति अशक्त बिरामीहरूले घरमा अक्सिजन लिइरहेका छन् भन्ने तथ्यांक देखिँदैन । कोरोनाबाट प्रभावितमध्ये पनि कतिपयले घरमै अक्सिजन सिलिन्डर प्रयोग गरिरहेका छन् । यी सबै तथ्यांक नलिई सरकारले अक्सिजन सिलिन्डर वितरणको कार्यविधि तयार पारेको छ । त्यसले गर्दा घरमा बसिरहेका पुराना तथा दीर्घरोगीहरू समस्यामा पर्ने देखिन्छ । चीन सरकारले अनुदानमा दिएको २० हजार सिलिन्डरमध्ये ४ सय नेपालमा ल्याइसकिएको छ । अरू पनि आउने क्रममा छन् । तर, अब सिलिन्डरका साथै अक्सिजन नै पनि अभाव हुन सक्छ । यस्तोमा सरकारले कार्यविधि बनाउनु त ठीकै होला तर कार्यविधिले अक्सिजन आवश्यक पर्ने सबैलाई समेटेको छैन । अस्पतालहरूको अवस्था, क्षमता र माग हेरेर वितरण गर्ने भनिएको छ । तर, यो प्रक्रिया पारदर्शी नहुने तथा अहिलेको संकटमा त्यसबारे सही तथ्य पनि नपाइने हुँदा भनसुन र पहुँचका आधारमा वितरण हुने सम्भावना बढी छ । त्यस्तै दीर्घरोगीहरूलाई अक्सिजन उपलब्ध नगराउने हो भने उनीहरूको ज्यान जाने निश्चित छ । अहिले अक्सिजन नै अपुग भइरहेको समेत समाचार आइरहेको छ । यसका लागि सरकारले तत्कालै अक्सिजन उत्पादन उद्योगहरू खोल्नुपर्ने पनि देखिन्छ । चीनले अनुदानमा दिएको सबै सिलिन्डर सकेसम्म एयरलिफ्ट गरेर छिटो ल्याउनुपर्नेमा सरकारले सडकमार्गबाट ल्याउन लागिरहेको छ । त्यस्तै चीनबाट अक्सिजन उद्योगका लागि आवश्यक उपकरणसमेत ल्याउनुपर्नेमा त्यसो गरिएको छैन । सरकार कोरोनाको महामारीमा आफ्नो कूटनीतिक संयन्त्र परिचालन गर्न पूर्णतः असफल भएको छ जसले गर्दा कोरोना उपचार गर्न तथा भ्याक्सिन ल्याउन विदेशी सहयोग खासै मिल्न सकेको छैन । काम चलाउ सरकार भए पनि मुलुकको यो गम्भीर संकटमा पूूर्णरूपमा खट्नुपर्नेमा त्यसो हुन सकेको देखिँदैन जुन विडम्बना हो ।

अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी

काठमाडौं । सरकारले मेडिकल अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको छ । कोभिड–१९ का बिरामीलाई उपचार गर्न अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ जारी गरेको हो । यही कार्यविधिअनुसार अस्पतालहरूलाई अक्सिजन वितरण गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अस्पतालहरूको माग, क्षमता र अवस्था हेरेर अक्सिजन वितरण गरिनेछ । स्वास्थ्य मन्त्रालयबाट वितरण हुँदै आएको अक्सिजन अब सीसीएमसीले तोकेअनुसार वितरण गर्ने व्यवस्था कार्यविधिमा छ । बजारको माग थेग्नेगरी अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरूको अनुगमन शुरू गरिसकेको र सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिसकेको सिंहदरबारमा मंगलवार बसेको सीसीएमसीको बैठकमा सचिव खगराज बरालले जानकारी दिए । अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयासबारे बैठकमा जानकारी दिँदै उनले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै नौओटै ग्यास उद्योगहरूको अनुगमन गरी विवरण संकलन गरिएको बताए । अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने, उत्पादन, भण्डारण र वितरणको तथ्यांक अद्यावधिक गर्ने काम भएको पनि उनले बताए । अस्पतालहरूलाई वितरण गर्न अक्सिजनको न्यूनतम कोटा तोकिएको तथा खाली सिलिन्डरहरू संकलन गरी उद्योगमा फिर्ता गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए । सीसीएमसीले ‘बाँचाैं र बचाऔं’ भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । सीसीएमसीले काठमाडौं उपत्यका र काभ्रेका उद्योग समेतमा गरी दैनिक ७ हजार २ सय सिलिन्डर अक्सिजन उत्पादन भइरहेको बताएको छ । तर, अक्सिजन उत्पादक संघले भने दैनिक ९ हजार सिलिन्डर उत्पादन हुने गरेको बताएको छ । संघले तत्काल वैकल्पिक उपायबाट अक्सिजनको आपूर्ति सहज बनाउन पनि भनेको छ । उसले अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यावहारिक नभएको भन्दै दीर्घरोगी र घरमै कोभिडको उपचार गराइरहेकाका लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ । उनीहरूका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाबलाई उद्योगले धान्न नसक्ने संघले बताएको छ । सरकारले अक्सिजनको मेडिकलबाहेक अन्य प्रयोगमा यसअघि नै रोक लगाएको थियो । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजन उद्योगहरूमा नियमित विद्युत् आपूर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरूमा २४ सै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको बरालले जानकारी दिएका छन् ।

नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयू र आइसोलेसन केन्द्र

काठमाडौं । कोभिड–१९ बाट संक्रमित बिरामीको उपचारका लागि अक्सिजनसहितको एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिका र नरदेवी आयुर्वेदिक अस्पतालबीच सहमति भएको छ । यसका लागि सोमवार कामपाको तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र नरदेवी अस्पतालका निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कोभिड–१९ को दोस्रो लहरले काठमाडौं उपत्यकामा हरेक दिन संक्रमितको संख्या बढेर अस्पतालले क्षमताले नधानेको अवस्थामा बिरामीलाई समयमै उपचार दिलाउन कामपाले नरदेवी अस्पताललाई आर्थिक सहयोग गर्ने भएको हो ।     सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधनस्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयू सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ भने कामपाले यसका लागि आवश्यक खर्च अनुदानका रूपमा उपलब्ध गराउनेछ । त्यसैगरी कामपाले अस्पतालमा सञ्चालन हुने अक्सिजनसहितको एचडीयू सेवा र आइसोलेसन केन्द्र चलाउन पाइपलाइनसहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मत सम्भार तथा रङरोगन गर्ने, आवश्यक थप जनशक्ति व्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर आगामी जेठ १ गतेदेखि सञ्चालनमा ल्याइनेछ । उपचारमा खटिएका जनशक्तिलाई प्रोत्साहन भत्ता, बिरामीका लागि खाना खाजालगायत खर्च महानगरको अनुदान रकमबाट बेहोरिनेछ । पहिलो चरणमा ५० शय्याबाट अक्सिजनसहितको आइसोलेसन सेवा शुरू गरेर यसलाई विस्तार गर्दै लैजाने सहमतिपत्रमा उल्लेख छ । आइसोलेसनको व्यवस्थापनका लागि दुवै पक्षबाट दुई–दुईजना प्रतिनिधि रहने व्यवस्थापन समिति गठन गरिनेछ । समितिले आइसोलेसन सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।   ‘जोखिम बढ्दो क्रममा छ । बाक्लो बस्ती भएकोले संघीय राजधानी रहेको कामाप क्षेत्र अझ जोखिममा छ । यहाँ बसोवास गर्ने जनतालाई बचाउन साझा प्रयास गरौं,’ कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘हामी सक्छौं, आत्मविश्वास बढाऔं, महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलाई महानगरबाट यथोचित सहयोग हुनेछ ।’ अस्पतालका निर्देशक डा. केसीले महामारीमा आयुर्वेदिक अस्पतालले काम गर्न सक्छ भनेर विश्वास गरेपछि महानगरलाई आफूले अभिभावकका रूपमा पाएको बताए । रासस

नायक पल शाहद्वारा निःशुल्क अक्सिजन वितरण

काठमाडौं, २३ बैशाख । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा अक्सिजनको खपत बढेको छ । यसरी दैनिक ८ हजार भन्दा बढी संक्रमित थपिदै जाँदा अक्सिजनको अभाव हुने सम्भावना बढी देखिएको छ । नेपाली चलचित्रका नायक पल शाहले पनि कोरोनाको बिरामीलाई अक्सिजनका सिलिन्डर सहयोग गर्ने भएका छन् । पलले हाम्रो टिम नेपालसगको सहकार्यमा अक्सिजनका सिलिन्डर […]

निःशुल्क अक्सिजन सहयोग गर्दै हाम्रो टीम नेपाल

काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भइरहेको बेला हाम्रो टीम नेपालले सहयोग थालेको छ। आर्थिक अभावले अक्सिजन नपाएर कुनै पनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भन्दै निःशुल्क अक्सिजन वितरण गर्न लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए। हाम्रो सानो प्रयाससँगको सहकार्यमा विभिन्न स्थानबाट संकलन गरेका अक्सिजन सिलिण्डर सहयोग गर्दै आएको उनको भनाइ छ।