इतर पक्ष महाधिवेशन भाँड्न लागेको काँग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरूको निष्कर्ष

नेपाली काँग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरूले इतर पक्ष महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् । बिहीबार बिहान ललितपुरको एक होटलमा बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरूको बैठकले इतर पक्षीय जिल्ला सभापतिको बैठकप्रति आपत्ति जनाउँदै यस्तो निष्कर्ष निकालेको हो । सोमबार र मंगलबार काठमाडौंमा इतर पक्षीय जिल्ला सभापतिहरूले भेला गरेका थिए । त्यसको काउन्टरमा काठमाडौंमा उपस्थिति संस्थापन पक्षीय २६ जना जिल्ला सभापतिको बैठक बसेको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले रातोपाटीलाई बताए ।उनले