खोटाङ : खोटाङमा मानवअधिकार चोक बनेको छ। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारस्थित सिँचाइ गेट चोकलाई मानव अधिकार चोक नामकरण गरिएको हो।नगरको निर्णय अनुसार ७३ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनका कार्यक्रमको अवसरमा शुक्रबार उक्त चोकलाई मानव अधिकार चोक घोषणा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिए।