महागढीमाई नगरपालिकाका मेयरद्वारा सेवा सुबिधा नलिने घोषणा

काठमाडौँ। बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादव (उपन यादव)ले सेवा सुबिधा नलिने घोषणा गरेका छन्। यादवले आफूले पाउने मासिक सेवा सुविधा नलिने घोषणा गरेका हुन्। जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रिने भएकाले आफूले सेवा सुविधा नलिने मेयर यादवले बताए।

सम्बन्धित सामग्री

सेवा सुबिधा नलिने महागढिमाईका मेयरको घोषणा

२३ जेठ, कलैया । बाराको महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र यादव (उपन यादव) आफूले पाउने मासिक सेवा सुविधा नलिने घोषणा गरेका छन । जनप्रतिनिधिको सेवा सुविधाले झन राज्यलाई आर्थिक बोझ थुप्रिने भएकाले आफूले सेवा सुविधा नलिने मेयर यादवले बताए । दोश्रो कार्यकालका लागि कांग्रेसबाट निर्वाचित मेयर यादवले आफनो सेवा सुविधा गरिब, असहाय, विपन्न वर्गका […]

‘चपली हाइट’ हिरो गोदावरी नगरपालिका –३ को अध्यक्षमा विजयी

अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १०५९ मत सहित विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्धोन्दी  नेकपाका राम आचार्यले १०४९ मत प्राप्त गरेका छन् । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।घिमिरेले केही अगाडि आफुले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उन

वडा अध्यक्षमा विजयी भए सरकारी सेवा नलिने अभिनेता घिमिरेको घोषणा

अभिनेता राज घिमिरेले आफुले वडा अध्यक्ष चुनाव जितेमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।‘म विजयी भएपश्चात ५ वर्षसम्म कुनैपनि सरकारी सवारी साधनको सुबिधा, तलब, भत्ता, सेवा सुविधा लिने छैन’ उनले अगाडि भनेका छन् ‘त्यो रकमले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु ।’ उनले उक्त पैसाले आर्थिक

जनप्रतीनिधीको सुबिधा भत्ताबाट निजगढमा करोडको कोष

बारा निजगढका जनप्रतीनिधिहरुले बिभिन्न शिर्षकमा लिने र पाउने सुबिधा, भत्ता कटाएर एक करोड दुईलाखको ‘कोरोना बिपद् ब्यवस्थापन’ कोष खडा गरेका छन । सम्भाबित बिपद् ब्यवस्थापनका लागि ५० लाखको कोषले नधान्ने अबस्थ ाबने पछि जनप्रतीनिधीहरुले आफुले पाउने सबै सुबिधाको रकम नलिने निर्णय गदैृ कोष बनाएको हो ।