बागलुङ : वर्षातका कारण बागलुङबाट गाउँगाउँ पुग्ने सडक क्षतविक्षत बनेका छन्। ग्रामीण सडकहरू क्षतविक्षत हुँदै गएपछि यात्रुलाई समस्या भएको छ।भौगोलिक अवस्था, सरोकारवालाको बेवास्ता तथा गाउँगाउँमा मनपरी सडक खन्ने प्रवृत्तिका कारण अहिले ती सडक क्षतविक्षत हुँदै गएका छन्। जसका कारण बर्खाको समयमा आउजाउ गर्न र सामान ढुवानी गर्न समस्या भएको छ। बागलुङका करिब ३४ प्रतिशत सडक मात्रै बाह्रैमास चल्ने गर्छन्। जिल्लाका कुल सडकमध्ये करिब ६० प्रतिशत सडक ८ महिनामात्र सञ्चालन हुने गर्छन् भने चार महिना बन्द हुन