काठमाडौँ- आफूमाथि बलात्कार भएको आरोपसहित निरन्तर अनशनमा रहेकी निहारिका राजपूतको अनशन बुधबार तोडिने कानुनमन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले दाबी गरेका छन्। कानुनमन्त्री कोइराला निहारिका राजपूतको अनशन तोडाउन शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्। उनले केहीबेरमै निहारिकाको अनशन तोडाउने बताएका छन्। केहीदिनअघि न्याय माग्दै राष्ट्रपति कार्यालयअगाडि आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका […]