स्वास्थ्यचौकीलाई पाँच रोपनी जग्गा दान

गुल्मी :  बेलायतमा रहेका गुल्मीका दुई युवाले गाउँमा स्वास्थ्यचौकीको भवन निमार्णका लागि पाँच रोपनी जग्गा दान गरेका छन्।गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटको स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीय मोतीराज भण्डारी र तारानाथ भण्डारीले पाँच रोपनी जग्गा दान गरेका हुन्।हाल बेलायतमा बस्दैआएका भण्डारीद्वयले सात लाखमा जग्गा खरिद गरेर स्वास्थ्यचौकीको नाममा पास गरिदिएका छन्।उक्त जग्गामा निर्माण हुनलागेको स्वास्थ्यचौकी भवनको गाउँपालिकाका अध्यक्ष द्रोर्णबहादुर खत्रीले शिलान्यास गरेका छन्।&nbs

सम्बन्धित सामग्री

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा दान

तनहुँ, फागुन १० । बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। अहिलेको चलनचल्तीको मूल्य रु।एक करोड बराबरको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी […]

प्रहरी चौकी बनाउन जग्गा दान

म्याग्दी, २८ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयवासीले प्रहरी चौकीको भवन निर्माणका लागि  ३५ लाख ५० हजार मूल्यबराबरको जग्गा दान गरेका छन् । घारका गणेश र शिव खड्काबाट चार रोपनी दुई आना तीन दाम क्षेत्रफलको जग्गा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले गणेशले दुई रोपनी १० आना […]

नगरप्रमुख भण्डारीद्वारा १९ कठ्ठा जग्गा दान

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन् । इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित इनरुवा–दुहबी सडकखण्डमा रहेको सो जग्गा विभिन्न समाजिक कार्य प्रयोजनमा प्रयोग गर्ने गरी दान दिने जानकारी दिएका हुन् । प्रमुख भण्डारीले आफ्ना पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला÷कृष्णमायाको सम्मानमा जमिन दान गर्न लागेको जानकारीदिए । आखाँ अस्पताल, आयुर्वेदिक अस्पताल

प्रहरी चौकीलाई तीन रोपनी जग्गा दान

काठमाडौँ,१८ साउन । पौवादुङमाका एक समाजसेवीले प्रहरी चौकी निर्माणका लागि तीन रोपनी जग्गा दान गरेका छन् । जग्गा अभावमा प्रहरीको भवन निर्माणमा समस्या भएपछि स्थानीय खड्गराज शाक्यले रु २९ लाख बराबरको तीन रोपनी जग्गा दान गरेको हो । जग्गा पाएसँगै अब चौकी निर्माणमा सहजता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले बताए । उनले भने, […]

सामुदायिक भवन बनाउन वडा अध्यक्ष अन्सारीले गरे १० लाखको जग्गा दान

१६ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष डाक्टर अख्तर आलम अन्सारीले १० लाख रुपैयाँको जग्गा दान गरेका छन् । वडाको रामपुर टोलमा सामुदायिक भवन बनाउनका लागि जग्गा दान गरेका हुन् । उनले साबिक गाविस रामपुर खेस्राहाको कित्ता नं १४०२ र १४०४ को जग्गा खरिद गरेर सामुदायिक भवनको नाममा नामसारी […]

नगरपालिका भवन बनाउन मेयरले गरे जग्गा दान

महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव शाहले नगरपालिकाको भवन निर्माण गर्न जग्गा दान गरेका छन्। मेयर साहले नगरपालिकाको नाममा १० कठ्ठा १९ धुर जग्गा दान गरेका हुन्। उनले विगत केहि महिनादेखि...

पार्टी सभापतिद्वारा नगरपालिका भवन बनाउन ७० लाखको जग्गा दान

जनकपुर : नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले नगरपालिका भवन बनाउन रु ७० लाख मूल्य बराबरको जग्गा दान दिएका छन्।सभापति रायले जिल्लाको औरही नगरपालिकालाई भवन निर्माणको लागि रु ७० लाख मूल्य पर्ने १४ कठ्ठा जग्गा दान गरेको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताए। औरही नगरपालिका– ८ मा अवस्थित श्रीपुर र टिम्किया गाउँ जाने बाटो नजिकै सभापति रायको नाउँमा रहेको ७७२ नम्बर कित्ताको जग्गामध्ये १४ कठ्ठा जग्गा दान दिएका हुन्।नगरपालिकाको आफ्नै भवन नरहेकाले सभापति रायले जग्गा द

विद्यालय निर्माणका लागि २० कठ्ठा जग्गा दान

जलेश्वर । महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गरेका छन् । वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा जग्गा दान गरेका हुन् । नगरप्रमुख कार्कीले […]

कृषि सहकारीलाई जग्गा दान गर्ने विष्ट दम्पती सम्मानित

पुष्कर भट्ट, महेन्द्रनगर । कञ्चनपुरको वदकोट नगरपालिका वडा नम्बर ८ बैजनाथ टोल निवासी नारायणसिंह विष्ट र श्रीमती धनादेवी विष्टले स्थानीय सहकारी संस्थाका लागि जग्गा दान गरेका छन् । विष्ट दम्पतीले श्री चुरेमुलपानी कृषि सहकारी संस्था लिमिटेडलाई आफ्नो १० धुर जमिन दान दिएका हुन् । शनिबार एक कार्यक्रम आयोजना गरी जग्गा दान गर्ने विष्ट दम्पतीलाई सहकारीले सम्मान गरेको छ । वेदकोट नगर प्रमुख असोक कुमार चन्दले उहाँहरुलाई सम्मान गर्नुभएको हो । संस्थाका अध्यक्ष देवसिंह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्थानीय बुद्धिजिवी तथा अखिल (छैठौं) का महासचिव महेशराज जोशीले गर्नुभएको थियो । कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दुर्गासिंह भण्डारी, सहकारीका व्यवस्थाक कृष्णदत्त जोशी र संचारकर्मी पुष्कर भट्टको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा ग्रामिण विकास, यातायात, नयाँ बाटो खोल्ने सन्दर्भ राखि स्थानीयको तर्फबाट अखिल (छैठौं) का महासचिव महेशराज जोशीले नगर प्रमुख चन्दलाई ज्ञापन पत्रसमेत बुझाउनुभएको थियो ।