काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मल बिक्री केन्द्र सल्यानमा कार्यरत तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।पासवानले मलको नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।मल बिक्रीको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुुसन्धान गर्दा पासवानले लिमिटेडको आधिकारिक खातामा रकम दाखिला नगरी व्यक्तिगत खातामा जम्मा गरेको खुलेको अख्तियारले जनाएको