कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी र केन्द्रीय सदस्यहरूको मत गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको छ । १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।
समानुपातिक सांसदबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै छ । च्यासलस्थित पार्टी कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकले निर्वाचन आयोगलाई बुझाउने समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउने छ ।
रौतहट : रौतहटको ४ वटा निर्वाचन क्षेत्रको मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक बस्दै छ। रौतहट क्षेत्र नं-१ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ भने रौतहट २ र ३ मा बैठक जारी रहेको छ।यस्तै, रौतहट क्षेत्र नं ४ को मतगणना आज दिउँसो साढे १२ बजेबाट सुरु हुने भएको छ। अहिले केही बेर पहिला भएको सर्वदलीय बैठकबाट यस्तो निर्णय भएको हो।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
काठमाडौँ । नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले अध्यक्ष ओलीकै अध्यक्षतामा निर्वाचन कमिटी बनाएको छ । बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् […]
काठमाडौं, भदौ १२ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्न लागेको हो । कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका […]
निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै छ । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह...
काठमाडौं, २७ चैत्र । सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने भएको हो । आजको बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरुको अध्ययन र विश्लेषण गर्ने स्रोतले जनाएको छ । साथै बैठकमा आज निर्वाचनको तालमेलको मोडालिटीबारे छलफल हुनेछ । कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन […]
काठमाडौं, १६ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै छ । कांग्रेसको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थानीय तहको निर्वाचनको लागि उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा समितिको गठन गरेको हो । उक्त समितिको बैठकमा आज सातै प्रदेशका सभापतिसँग संयोजक खड्काले छलफल गर्ने जनाइएको छ ।
काठमाडौँ । आज सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक बस्दै छ । बैठक मङ्गलवार (आज) दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार बस्ने नेकपा माओवादी केन्द्रले जनाएको छ । बैठकमा राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै छ।शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशन र सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडलले देखापढीलाई बताए। विशेष त महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका निर्माणका सम्बन्धमा निर्वाचन समितिले नेताहरुसँग छलफल गर्न लागेको हो। बैठकको स्थानबारे भने टुंगो नलागिसकेको पौडेलले बताए।