तीन कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचन बहिष्कार गर्ने भएका छन् । बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने जानकारी दिएका हुन् । उनीहरुले निर्वाचन बहिस्कारका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । कार्तिक १९ गते पत्रकार सम्मेलन गरी बहिष्कारका कार्यक्रम सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ

सम्बन्धित सामग्री

निर्वाचन बहिष्कार गर्न हिँडेका मशालको ‘विद्रोही समूह’ बागलुङमा पक्राउ

निर्वाचन बहिष्कार गर्न हिँडेका नेपाल कम्युनिस्ट पार्टी (मशाल)को विद्रोही समूहलाई प्रहरीले बागलुङबाट पक्राउ गरेको छ । चुनाव बहिष्कार कार्यक्रमको कोणसभा गर्न लागेको अवस्थामा नेकपा (मशाल)का पोलिटब्युरो सदस्य कृष्णराज पौडेलसहित १३ जनालाई पक्राउ गरिएको बागलुङका एसपी दयानिधी ज्ञवालीले रातोपाटीलाई बताए ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्न हिँडेका उनीहरू जैमिनी नगरपालिका–१ स्थित उपल्लो बजारबाट पक्राउ परेका हुन । पक्राउ पर्नेमा ३९ वर्षीय लाल बहादुर नेपाली, ५२ वर्षीय दल बहादुर बिक, अखिल

नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिष्कार : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिष्कार गरेको बताएका छन् । बुधवार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिस्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिष्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताएका हुन् । उनले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको

विप्लवसहित तीन पार्टीले चुनाव बहिष्कार गर्ने

२० कात्तिक, काठमाडौं । ४ मंसिरको निर्वाचनलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरू बहिष्कार गर्ने घोषणा गरेका छन् । बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् । तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा […]

तीन दलले निर्वाचन बहिष्कार गर्ने

काठमाडौं,कात्तिक १८ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आगामी मङ्सिर ४ मा हुन गइरहेको आम निर्वाचन बहिष्कार गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन बहिष्कार गर्ने जानकारी दिएको हो । विज्ञप्तिमा कार्तिक १९ […]

चुनावबारे विप्लवको ढुलमुले नीति, न पूर्ण सहभागिता न त बहिष्कार

काठमाडौँ: निर्वाचन उपयोग र बहिष्कारको नीतिबारे यतिबेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विवादमा तानिएको छ। गत चैत ३ देखि १३ गतेसम्म कपिलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको १२औं पूर्ण बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय त गर्‍यो। तर, यसपटक निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गर्न सकेन। केन्द्रीय कमिटीको बैठकमा पेश भएको राजनीतिक…

विप्लव नेतृत्व नेकपाको निर्णय : चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने !

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ । कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो । दल दर्ता गरेर चुनावमा सहभागी नहुने […] The post विप्लव नेतृत्व नेकपाको निर्णय : चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

विप्लवको पार्टीको अकर्मण्यता : चुनाव न बहिस्कार न सहभागिता

नेत्रविक्रम चन्द विप्ल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन बहिस्कार पनि नगर्ने, सहभागी पनि नहुने नीति लिने भएको छ। कपिलवस्तुको शिवगढीमा ११ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टी दर्ता...

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नेपाल पक्षले बहिष्कार गर्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता झलनाथ खनार माधवकुमार नेपाल समूहले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ । बिहीबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने बताए ।बुधबार बसेको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन