संसद् छाडेर हिँडेकाे हाेइन, अध्यादेश पेस गर्ने एजेण्डा बहिष्कार गरेकाे हाे - प्रचण्ड

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद् बहिष्कार नभइ सरकारले ल्याएको एजेण्डा बहिष्कार गरेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठक छाडेर बाहिर निस्कँदै गर्दा सङ्घीय संसद् भवनमा सञ्चारकर्मीसँग अध्यक्ष दाहालले संसदको नभइ अध्यादेश पेस गर्ने एजेण्डाको विरोध गरेको प्रतिक्रिया दिनुभएको हो । असंवैधानिक, अनैतिक र अलोकतान्त्रिक सरकारलाई अध्यादेश ल्याउने अधिकार नभएकाले अध्यादेश पारित गराउने एजेण्डा बहिष्कार गरेकाे उहाँले बताउनुभयो ।सर्वोच्च अदालतको फैसलाले सरकार कसको ...