सर्लाही : सर्लाहीमा केही दिनदेखि चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ। आइतबारदेखि जिल्लामा घाम समेत लागेको छैन।सर्वसाधारणले सोमबारयता यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरेका छन्। सर्लाहीमा आइतबार सोमबार दिनभर घाम लागेन।मंगलबार पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शीतलहर सहित निरन्तर चिसो स्याँठ चलिरहेको छ। यो क्षेत्रमा आइतबारदेखि चिसो अत्यधिक बढ्न थालेको हो।आइतबार दिउँसोपख केही समय घाम लागे पनि सोमबार दिनभर बाक्लो हुस्सु लागेरै दिन बित्यो। कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शार