चरा संरक्षण र पर्यटकीय विकासमा टेवा पुर्याउने उद्देश्यले माघ २६ देखि २८ गते सम्म पूर्वी नवलपरासीमा चरा उत्सव हुने भएको छ ।नेपालमा आउने मध्ये ८ प्रतिशत पर्यटक चरा हेर्न आउने भएकोले यस्ता पर्यटकको आगमन बढाउन र चरा संरक्षणमा सरोकारवालालाई जागरुक बनाउन उत्सव गर्न लागिएको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।