माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुँदै छ। परीक्षाको मिति निर्धारण भएसँगै यस पटकको परीक्षा प्रदेशले सञ्चालन गर्ने की राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने भन्ने विषयमा चौतर्फी बहसको विषय बनेका छ।राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५, शिक्षा नीति २०७६ र संघीय शिक्षा ऐन २०७७ को मस्यौदा तीन वटै कानुनी आधारमा भएको व्यवस्थाअनुसार माध्यामिक शिक्षा परीक्षा कक्षा १० को सञ्चालन व्यवस्थापन तथा नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने काम प्रदेश सरकारले