सरकारले कृषि उत्पादन र प्रशोधन उद्योगको प्रवर्द्धनका लागि कर्जा प्रवाहलाई व्यवस्थित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वाणिज्य बैंकका प्रत्येक शाखाले कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा प्रवाह गर्नुपर्ने बताएका छन् ।