खाेटाङ – पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा सडक भासिएको छ ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको झण्डै ६० देखि ८० मिटर खण्ड भासिएको हो । कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर गाडीको आवत–जावत व्यवस्थापन गरिएको छ । २०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा झण्डै १० देखि २० सेन्टिमिटर भासिएको थियो ।
यसपटक बर्खामा झण्डै एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको...