काठमाण्डाै – कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
नेपाल बार एसाेसिएशनले सर्वोच्च अदालतको प्राङ्गणमा आज सोमवार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरूले प्रधानन्यायाशीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए ।
नेपाल बार एसाेसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूले आन्दोलन जारी राख्ने बताउनुभय...