चौबीस घण्टाभन्दा बढी समयदेखि सुत्केरी बेथाले थलिएकी म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको छ । गुर्जाकी अन्दाजी ३० वर्षीया अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिप्कटरबाट उद्धार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको हो । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले शनिबार बिहान ७ बजेदेखि सुत्केरी बेथा लागे पनि आइतबार अपरान्हसम्म बच्चा नजन्मिएपछि हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिए