ज्यान मार्ने उद्योग अन्तर्गत दायर मुद्दामा कुटपिटसम्बन्धी कसुरको सजाय तोकेर अभियुक्तलाई रिहा गरेको जिल्ला अदालतको एउटा फैसलाप्रति कानुन व्यवसायीले नै असन्तुष्टि जनाएका छन् । अदालतले अभियुक्तलाई सामान्य जरिवानामा उन्मुक्ति दिएको केही समयपछि नै सो घटनाका घाइते युवकको उपचारकै क्रममा मृत्यु भएपछि स्थानीयवासी समेत न्यायको अनुभूति गर्न नपाएको तर्क गर्दछन् ।कानुन व्यवसायीहरु न्यायालयले फैसला गरिसकेको अवस्थामा धेरै टिप्पणी गर्न नमिल्ने भएपनि उक्त घटनालाई अदालतले सामान्य रुपमा लिएर फैसला गरेको बताउँछन् ।