काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमाले छाडेको घोषणा गरेका हुन्। लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनावद्ध आक्रमण बढ्दै गएको उनको निष्कर्ष रहेको छ। नेकपा एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आफूले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा पनि उनले सामाजिक सञ्जालमा उनले उल्लेख गरेका छन्। 'म स्वयंले ४५ वर्षसम्