केही दिन यताको निरन्तरको नेप्सेको पहिरो आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको हो । यस्तो सूचक गत आइतबार ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा रोकिएको थियो । उसो त आज (मंगलबार) क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७ अंकले घट्दै ३५८.८७ अंकमा झरेको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ३.८३ अंकले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.३७ प्र