काठमाडौं । लगातार पाँच कारोबार दिन घटेपछि सोमवार ५ दशमलव ८४ अंकले बढेको नेप्से परिसूचक मंगलवार पुनः घटेको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ३५ अंक घटेको हो । यससँगै नेप्से परिसूचक २ हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । अर्थात् बजार पुनः २१ सय विन्दुमुनि आएको छ ।
मंगलवार बजार खुलेदेखि केही समय बढ्न खोजे पनि पछि निरन्तर घटेको थियो । नेप्से २१ सय विन्दुमुनि झरेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव देखिएपछि विक्रेता हाबी भएका थिए ।
विज्ञका अनुसार पछिल्ला दिनहरूमा बजार निरन्तर घट्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । सोही कारण कारोबार रकम दिनानुदिन घट्दै आएको छ । पछिल्लो समय शेयर बजारमा प्रोफिट बुक गर्ने प्रवृति देखिएको विज्ञ बताउँछन् । सोही कारण बजार केही दिन बढ्नेबित्तिकै करेक्सनमा जाने गरेको छ ।
मौद्रिक नीति सार्वजनिक हुनुअगाडि बजार चार कारोबार दिनमा बजार ८० अंकभन्दा बढी बढेको थियो । यसरी हेर्दा बढेको बजारमा ट्रेडरहरूले प्रोफिट बुक गरेको देखिन्छ ।
ट्रेडरहरूले प्रोफिट बुक गरेपछि तल्लो विन्दुमा आएपछि मात्रै खरीद बढाउँछन् । यस कारण पनि पछिल्लो समय शेयर बजार प्रभावित भएको विज्ञहरू बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव २७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १४ प्रतिशत घटेको छ ।
मंगलवार कारोबारमा आएका २६२ धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार ८३७ पटकमा रू. १ अर्ब ९२ करोड बरावरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव ६० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९८ पुगेको हो ।
शेयर मूल्य सर्वाधिक बढ्न् कम्पनीको सूचीमा दोस्रोमा सिक्लेस हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य १ दशमलव ९३ प्रतिशत बढेर रू. ३९५ दशमलव ७० पुगेको छ ।
मंगलवार सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ५४ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ८१५ दशमलव १० मा झरेको छ ।
शेयर मूल्य घट्ने सूचीमा दोस्रोमा हिमालयन लघुवित्त छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ५७ प्रतिशत घटेर रू. ६७८ मा झरेको छ ।
यस कम्पनीले आज गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा धेरै घटेको छ । सोही कारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएको हुन सक्ने विज्ञको अनुमान छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा अपर तामाकोशी हाइड्रोपावरले ओगटेको छ । कम्पनीको रू. ८ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० कायम भएको छ । यो सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. ७ करोड भन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ४७ प्रतिशत घटेको छ ।
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दै १ लाख ४ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ सय रुपैयाँले घट्दै १ लाख ५ हजार
काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोलाको एक लाख एक हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार एक लाख मुनि झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सय रूपैयाँले घटेर ९९ हजार ९ सय […]
दोलखा : प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ।सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण सिवाकोटीबीच कडा प्रतिस्पर्धा छ। हिजो बिहान शिवाकोटीले अग्रता लिएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिएका थिए। आज बिहान फेरि एमालेका सिवाकोटीले अग्रता लिएका थिए। तर, फेरि अहिले माओवादीका कार्कीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार कार्कीले ३६ हजार २ सय ९१ मत पाएका छन्। सिवाकोटीको ३५ हजार ८ सय ५ मत छ। उनीहरुबीच ४ सय ८६ मतान
सेयर बजार परिसूचक नेप्से घटेर १८ सय १५ बिन्दुमा झरेको छ । गत बिहीबार १८ सय ३८ मा अडिएको नेप्से सूचकमा आइतबार थप २३.८३ अंकले घटेर १८ सय १५ दशमलव १३ अंकमा झरेको हो । आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ८३ अंकले घट्दै ३५५ दशमलव ६० अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । उसो त २३ अंक माथिले घटेको बजारमा आज एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी आज फाइनान्स
काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ३४.७९ अङ्कले घटेर २४ सय तल झरेको छ। मंगलबारको कारोबार समाप्त हुँदा नेप्से २ हजार ३ सय ८५.०१ विन्दुमा झरेको छ । केही समय अघि ३१ सय पार भएको नेप्से २४ सय तल झरेर फेरी उकालेको लागेको थियो । लगातार दोस्रो दिन ओरालो लागेको नेप्सेमा मंगलबार ३७ […]
२ चैत, काठमाडौं । ११ दिन लामो उच्च मूल्य पछि सुनको मूल्य ओरोलो लागेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेर एक लाख भन्दा तल झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि छापावल सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै छापावल सुनको मूल्य ९८ […]
काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से २६५० अङ्कमा झरेको छ । १७.१५ अङ्क घटेर परिसूचक साढे २६ सय अङ्कमा कायम भएको हो । कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । कुल ५२ कम्पनीको मूल्य बढ्यो भने १३० को घट्यो । ११ को मूल्य भने स्थिर रह्यो । इमर्जिङ नेपालको मूल्य […]
सोमबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.४३ प्रतिशतले घटेर २८ सयको रेन्जमा झरेको हो । यस दिन नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झरेको छ । यो केही महिना यताकै उच्च गिरावट हो । त्यसो त यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १८ दशमलब २० अंकले घट्दै ५२५ दशमलब ९० विन्दुमा झरेको छ । आज सबै उपसूचक ऋणात्मक (नेगेटिभ) हुँदा सेयर बजार नै राताम्मे भएको छ । यद्यपि,
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर घटेर २५ सय बिन्दुको अंकमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षापछि निरन्तर घट्दै आएको नेप्सेको गिरावट क्रम आज पनि रोकिएन । जससँगै परिसूचक २५ सय ८४ अंकमा आइपुगेको हो ।कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक बन्द हुँदासम्म ४९ अंकले ऋणात्मक रह्यो । बजार घटेको दिन आज साताको अन्तिम दिन कारोबार रकममा पनि चमक देखिएन । कारोबार अवधिभर जम्मा ७९ लाख कित्ता सेयर खरिद बिक्री भएर ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।करिब ५० अंकक