तीन महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब

नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७९–८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिस्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले आठ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो । सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालू आवको तीन महिनामा सम्पादि

सम्बन्धित सामग्री

बिजुलीमा नाफा : महसुल घट्ने आशा, लगानी थप्ने योजनामा प्राधिकरण

बिजुली निर्यातसँगै विद्युत प्राधिकरणको नाफा ठूलो दरमा बढ्न थालेपछि विद्युत महसुल घटाउन माग भइरहेको छ । तर, नेपाल विद्युत प्राधिकरण जलविद्युत आयोजना र वितरण तथा प्रसारण पूर्वाधारको निर्माण, विस्तार र सुधारमा ठूलो लगानी गर्नुपर्ने भएकाले अहिले नै महसुल पुनरावलोकन गर्न नहुने पक्षमा छ ।

३ महिनामा विद्युत प्राधिकरणको नाफा साढे आठ अर्ब रुपैयाँ

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो ।प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत खरिद गरेको छ। आफ्नो स्वामित्वमा रहेका विद्युतगृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी भएको छ। देशभित्र खपत गरी बढी भएको विद्युत भारतीय प्रतिश्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ। आव २०७२÷७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव २०७६÷७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७÷७८मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो । गत आव २०७८÷७९मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्याएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको  विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा  चालु आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए । कार्यकारी निर्देशक घिसिङले नाफाबाट प्राप्त रकमलाई विद्युत खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराउन  प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गरे । उनले भने, ‘आगामी दिनमा विद्युत खपत बढाउन, उपभोक्तालाई परपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि ४÷५ वर्षभित्रमा ३÷४ खर्ब रुपैयाँ लगानी गर्नु पर्ने छ, नेपाल सरकारसँग स्रोतको सीमितताका कारण पर्याप्त बजेट पाउन सक्ने अवस्था छैन, त्यसैले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेका छौं ।’

विद्युत प्राधिकरणको नाफा अझैं बढ्छ : निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरण गएको वर्ष हालसम्मकै उच्च १६ अर्ब बढी खुदा नाफा गर्न सफल भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवका अवसरमा उहाँले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । घिसिङले विद्युत प्राधिकरणका कर्मचारीको […]

विद्युत प्राधिकरणको नाफा अझै बढ्छः कुलमान घिसिङ

काठमाडाैँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरणकाे नाफा अझै बढ्ने बताएका छन्। प्राधिकरणको ३७औं वार्षिक उत्सवमा काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरी काम गरिरहेको बताए। ०७८/७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए। प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो […]

विद्युत प्राधिकरणको नाफा एक वर्षमा १६ अर्ब

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८-७९ मा नाफा बढाएको छ।  बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ।  प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो। ठूला उद्योगमा चाहिएजति बिजुली पुर्‍याउने अभियानलगायतका […]

विद्युत प्राधिकरणको खुद नाफा साढे तीन अर्बमा झर्‍यो

नेपाल विद्युत प्राधिकरणको नाफा अघिल्लो वर्षहरुमा भन्दा कमी भएर हाल तीन अरव ५० करोडमा सिमित भएको छ । गत वर्ष प्राधिकरणले ८० अर्व ५० करोड आम्दानी गरे मध्ये ७१ अर्व विद्युत विक्रीबाट आम्दानी गरेपनि यस वर्षभने आम्दानी घटेपछि नाफा पनि घटेको प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणको नाफा र उत्पादन घट्यो, बिजुलीको आयात बढ्यो

नेपाल विद्युत प्राधिकरणको नाफा र बिजुली उत्पादन घटेको तथ्यांकले देखाएको छ ।

विद्युत प्राधिकरणको नाफा आधा घट्यो, चुहावट बढ्यो - Nepal Japan

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत वर

खपत बढ्दा पनि घट्यो विद्युत प्राधिकरणको नाफा

११ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपालमा विद्युत खपत उच्च दरमा वृद्धि भएको छ । महामारीका बीचमा पनि प्रणालीमा उच्च दरको माग देखिँदा खपत करिब १४ प्रतिशतले बढेको छ । खपत बढ्दा पनि नेपाल विद्युत प्राधिकरणको नाफा भने खुम्चिन पुगेको छ । गत वर्षसम्म वार्षिक प्रतिव्यक्ति विद्युत खपत २६० युनिट थियो । विद्युत […]

विद्युत प्राधिकरणको नाफा आधा घट्यो, चुहावट बढ्यो

१० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा झर्ने अनुमान गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चुहावट बढ्दा नाफामा असर परेको बताए । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री […]