धनगढी : सुदूरपश्चिमको दुर्गम मानिने अछामको साँफेलाई आव ०६७/६८ देखि सरकारले व्यवस्थित शहर बनाउने योजना शुरु गर्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्यो तर पटकपटक कार्यालय प्रमुख बदलिए। राजनीतिक हस्तक्षेप, जिम्मेवार निकायको मौनताले आयोजनाको काम अलपत्र छ। शवदाह, साँफेबगर क्षेत्रमा नाली, एयरपोर्ट बजारको सडक र हिमालय माविदेखि बिम्कोट खोलासम्म सडक निर्माणको ठेक्का भएको थियो।बहुउद्देश्यीय हल, खेलमैदान, सपिङ कम्प्लेक्स, तरकारी, फलफूल संकलन केन्द्र, बसपार्कजस्ता ठूला योजनाको काम पनि अ