विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइँदै

कास्की : आइतबार पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौं पठाउने तयारी गरिएको छ।शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउन सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ। चिन्न नसकिने अवस्थाका, काठमाडौंसहित आसपासका, विदेशी नागरिक तथा चालक दलका सदस्यको शव पठाउने तयारी गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।‘हालसम्म पहिचान भएका २०–२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी  परीक्षण भइरह

सम्बन्धित सामग्री

सौर्य विमान दुर्घटना : माग सम्बोधन नभए शव नबुझ्ने आफन्तको अडान

११ साउन, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ । काठमाडौंबाट पोखराका लागि उडेको …

सौर्य विमान दुर्घटना : आफन्तलाई आजै शव दिइने

११ साउन, काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ । उनका अनुसार …

विमान दुर्घटना : भोलि केही शव आफन्तलाई दिने तयारी

१० साउन काठमाडौं । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको विवरण संकलन गरिसकेको छ । भोलिसम्म केही शव आफन्तलाई हस्तान्तरण गर्ने विभागको योजना छ । सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा …

पोखरा विमान दुर्घटना : खोजीकार्य आज स्थगित, भोलि पुन: सुरु हुने

काठमाडौं । पोखरा विमान दुर्घटनाकोखोजीकार्यआजका लागि स्थगित भएको छ । आइतबार भएको दुर्घटनामा परेकाहरूको खोजीकार्य भोलि पुनः सुरु हुने भएको हो ।  यस्तै पछिल्लो अपडेट अनुसार ६९ जनाको शव अस्पतालमा राखिएको छ । बाँकी

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव आज काठमाडौ ल्याइने

काठमाडौं- तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।  विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।  नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका थप १२ […]

हवाईजहाज दुर्घटनामा मृत्यु भएका सबैको शव फेला, १२ शव काठमाडौं ल्याइँदै

काठमाडौं, १७ जेठ । आइतबार तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका २२ जनाको शव फेला परेको छ । मृत्यु भएका मध्ये सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो भने आज थप १२ जनाको शव ल्याइँने जनाइएको छ । दुर्घटनास्थलमा शव खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । हवाइजहाज […]

विमान दुर्घटनामा मृत्यु भएकाको शव लिन सेनाको हेलिकप्टर मुस्ताङतर्फ

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव लिन नेपाली सेनाको हेलिकप्टर मुस्ताङतर्फ उडेको छ। सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही बेरअघि मुस्ताङतर्फ उडेको हो । विमान दुर्घटना स्थलबाट बिहान १२ जनाकै शव मुस्ताङको कोवाङसम्म ल्याएपछि सेनाको हेलिकप्टर शव लिन गएको प्रहरीले जनाएको छ। १० वटा शव सोमबार अपराह्न काठमाडौं ल्याइएको थियो। विमानमा सवार २२ मध्ये साेमबार साँझसम्म २१ जनाको शव भेटिएको थियो। एउटा शव मंगलबार बिहान सबेरै भेटिएको मुस्ताङका प्रहरी

तारा विमान दुर्घटना : २२ जनाकै शव फेला

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको अन्तिम शव फेला परेको छ । सोमबार २१ शव फेला परेको थियो । आज अन्तिम शव फेला परेको नेपाली सेनाले जनाएको छ । सोमबारै १० शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । बाँकी १२ शव आजै काठमाडौं ल्याउने तयारी गरिएको सेनाले जानकारी दिएको...

विमान दुर्घटना : १४ जनाको शव भेटियाे, खोजी जारी

आइतबार पोखराबाट जोमसोमतर्फ उडेको दुर्घटनाग्रस्त तारा एयरको विमानमा सवार यात्रुमध्ये १४ जनाको शव फेला परेको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ । दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने अधिकारीहरुले बताएका छन् । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् । ती शवलाई काठमाडौं ल्याउने र …