मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा ग्लोबल आइएमईको छूट

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छूट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्र्तगत स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा एकपटकको खरीदको रू. १०० सम्म र योजना अवधिभरमा रू. ३०० सम्म छूट पाइनेछ ।  बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनओटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको बताइएको छ ।

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट

काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौ भित्र सञ्चालित मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाइनेछ।