नर्सरी खेतीबाट मनग्य आम्दानी

बाजुराको बुढीनन्दा नगरपालिका–८ गेणे गाउँका बुँदे रावतले नर्सरी खेतीबाट राम्रो आम्दानी गरेका छन् । भारतबाट फर्किएपछि स्वदेशमै केही गर्ने मनसायका साथ २०६० सालबाट व्यावसायिक तरकारी खेती सुरु गरेका रावतले नर्सरी खेती थालेको भने चार वर्ष भयो ।पिसविन सम्पूर्ण परियोजना र कृषि ज्ञान केन्द्र बाजुराको अनुदानसहित ज्ञान र सीप पाएपछि नर्सरी खेती राम्रो भएको रावतको भनाइ […]

सम्बन्धित सामग्री

पढाई अनुसारको काम गर्दा ५० प्रतिशतसम्म नाफा कमाउने दुई युवा,आयात पनि विस्थापित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरिरहेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनले दिइरहेका छन् । चन्दले मासिक ६० हजार रुपैयाँसम्मको बोट बिरुवा विक्री वितरण गर्दै आएको बताएका छन् । पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताए । “विगतमा फलफूल र नर्सरी, सार्वजिनक कार्यालय र पालिका सजावटका लागि भारतीय नागरिकको भर पर्नुपर्ने अवस्था थियो”, उनले भने, “आर्थिक तरलताले व्यवसायमा केही मन्दी देखिए पनि व्यवसायमा निराश हुनुपर्ने अवस्था छैन ।” फलफूलका बिरुवा उत्पादन गरी विक्री वितरणका साथै माग गरेको  स्थानमा ग्रिनहाउस, होटल तथा प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गर्नुभएका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको बताए । “व्यवसाय बढाउन फेरि जमिन भाडामा लिने योजना गर्दैछु”, उनले भने, “मेहनत गरे घरपरिवारसितै बसेर जीविका चलाउन कुनै समस्या छैन ।” गाउँ तथा नगरपालिका कार्यालय प्रायः सबैले नर्सरी सजावटका लागि फूलका बिरुवा, प्लान्ट खरीद गर्ने गरेको चन्दको भनाइ छ । “बीउ र कलमबाट उत्पादित बिरुवा र सजावटका बिरुवा बाहिरबाट आयात गर्छौँ”, उनले भने, “पछिल्लो समय उत्पादित फूलको बजारमा माग पनि बढ्दै छ ।” विज्ञान अध्ययनका साथै कम्प्युटर विषयमा स्नातक गरेका चन्दले कृषिसम्बन्धी काम गर्ने योजनाका साथ अघि बढेको बताए । आफूले कहीँकतैबाट पनि नर्सरीका लागि अनुदान वा सहयोग नलिएको उनको भनाइ छ । कञ्चनपुरमा पछिल्लो समय नर्सरी सञ्चालन गरी फलफूलका बिरुवा उत्पादन गर्ने क्रम बढिरहेको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिका–७ जुडामा ३२ वर्षीय युवा मदन धामी लामो समयदेखि बुवासितै नर्सरी सञ्चालनमा छन् ।  एक बिघामा नर्सरी बनाएर विभिन्न बिरुवा तथा फलफूलका बोट उत्पादन गरिरहेको बताउँदै धामीले वार्षिक १५ लाख रुपैयाँको कारोबार हुने गरेको बताए । “यहाँ उत्पादित फलफूल तथा अन्य बोटबिरुवा सुदूरपश्चिम प्रदेशको ९ ओटै जिल्लामा निर्यात हुँदै आएको छ”, उनले भने, “अझै पनि मागअनुसारको बिरुवा उत्पादन गरी उपलब्ध गराउन सकिएको छैन ।” आफ्नो परिवार विगत तीन दशकयता नर्सरी बनाएर बिरुवा उत्पादन गरिरहेको उनले बताए । “आँप दश जातका साथै चार प्रकारको लिची, कागती, नास्पति, अनार, बाँसका प्रजाति, श्रीखण्ड, रक्तचन्दनको बोट उत्पादन हुन्छ ।” उनले भने, “चालू आर्थिक वर्षमा नर्सरीमा टनेल बनाउन कृषि ज्ञान केन्द्रबाट १ लाख रुपैयाँ अनुदान रकम मिलेको छ ।” जेटिए पढेका धामीको परिवारका अन्य दाजुभाइले पनि यहाँ दुईओटा नर्सरी बनाएर बिरुवा उत्पादनमा गर्दै आएका छन् । “युवा स्वरोजगारमा सरकारले लगानी बढाएर युवालाई कृषि र नर्सरीमै लगाए पनि विदेशिनुपर्ने अवस्था आउँदैन”, धामीले भने, “कृषिमा बजेट भए पनि युवा अझै आयमूलक कामभन्दा मजदुरीकै लागि अन्यत्र जाने गइरहेका छन् ।” पछिल्लो समय स्थानीयस्तरमै फलफूलका बिरुवा उत्पादन बढेपछि भारतबाट आयात गर्ने क्रम घटेको उनले बताए । “व्यावसायिकरूपले फलफूल लगाएर आम्दानी गरौँ भन्ने सोचको विकास भएको देखिँदैन”, धामीले भने, “मेहनत गरेर थोरै क्षेत्रफलमा नर्सरी बनाए पनि आम्दानी गर्न सकिन्छ ।” रासस

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

महेन्द्रनगर, ३ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका चन्दले मासिक रु ६० हजारसम्मको बोट बिरुवा बिक्री वितरण हुने गरेको बताए । पाँच वर्षयता तीन कठ्ठा […]

सुन्तलाको नर्सरीबाट मनग्य आम्दानी हुँदा किसान हर्षित

बागलुङ – बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गरेका छन्। बागलुङको जैमिनी नगरपालिका-१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका छन्। विसं २०७३ देखि व्यावसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए। अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर २५ […]

गाउँको मुख्य आयस्रोत विरुवा उत्पादन : विदेशिन छाडे युवा, गाउँमै आम्दानी

चैत २३, रौतहट । रोजगारीका लागि गाउँ गाउँबाट युवा विदेशिने क्रम बढेपनि एक गाउँका युवा भने स्वदेशमा नै मनग्य आम्दानी गर्दैछन् । उनीहरुको मुख्यआयस्रोत भनेको विभिन्न जातको बिरुवा उत्पादन अर्थात् बेर्ना विक्री गर्नु हो । कटहरिया नगरपालिका वडा नं. ३ विर्ति प्रस्टोका गाउँमा ७०० भन्दा बढी घरधुरी छ । प्रत्येक घरधुरी परिवारको मुख्य आयस्रोत नै बेर्ना उत्पादन गर्दै विक्री गर्नु हो । बन्दना फलफूल नर्सरी बागवानी फर्मका सञ्चालक राम प्रवेश साहका अनुसार गाउँबाट कोहि पनि रोजागरीका लागि विदेश गएका छैनन् ।  नर्सरीमा नै मनग्य आम्दानी भएपछि यहाँका युवामा विदेश जाने रुची नभएको उनको भनाइ छ । नर्सरीमा नै मेहनत गरेर यहाँका युवाले विदेशमाभन्दा बढी कमाउने गरेको उनले बताए ।  साहका अनुसार एक नर्सरीबाट अनुमानित ५ देखि १५ लाखभन्दा बढीसम्म वार्षिक आम्दानी हुन्छ । ‘यहाँ करीब २०० भन्दा बढी दर्ता गरीएका फलफूल नर्सरी तथा बागवानी फर्म छ’ उनले भने । गाँउमा करीब ७० बिघाभन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका विरुवाको नर्सरी गरिएको छ ।  यहाँका अधिकांश किसानको करेसाबारीमा समेत फलफूलका बिरुवा देखिन्छ । नर्सरीमा विशेष गरी फलफूल, घर सजावट तथा काठ उत्पादन हुने जातका बिरुवा छन् ।  विर्ति प्रस्टोका घर भएका खेन्हा राय यादवले विरुवा उत्पादन गरेर नै वार्षिक २० देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनले ३ विघा खेतमा आँप, कटहर, स्याउ, सुन्तला लगायत प्रजातिका विरुवा लगाएका छन् । यादवका अनुसार यहाँ उत्पादित भएका बिरुवा मुलुकको विभिन्न स्थानका साथै भारतको विहार राज्यसम्म विक्री हुने गरेको छ । भारतीय व्यापारीहरू नर्सरीस्थलमै आएर बिरुवा खरीद गर्ने गरेको उनको भनाइ छ ।  फलफूलमा आँप, लिची, कटहर, कागती, अम्बा, अनार, केरा, नरिवल तथा घरसजावटका लागि अशोक, समी, धुपी लालुपाते, गुलाब र काठ उत्पादन हुने रुख प्रजातीको बकाइनो, टाँकी, बडहर, बाँस सिसौ, सिमल, जामुन, टिक, लगायतका विभिन्न प्रजातीका बिरुवा अधिक उत्पादन हुने गरेको नर्सरी सञ्चालकहरु बताउँछन् ।  उक्त स्थानमा उत्पादन गरिएको फलफूल तथा रूखका बिरुवाले देशको विभिन्न स्थानको माग पूरा गरेको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहका अनुसार बिर्ति प्रस्टोका गाँउ नै बिरुवा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ ।  उनीहरुलाई प्रोत्साहित गर्नका लागि नगरपालिकाले सिँचाई, प्रविधिक सल्लाह लगायतका विभिन्न किसिमका कार्य गर्दै आएको कुश्वाहले बताए ।

तेह्रथुममा किबीबाट बार्षिक ३ लाख

तेह्रथुम । तेह्रथुमका किसान किबी खेतीमा आकर्षित हुन थालेका छन् । इलामबाट किबीको नर्सरी ल्याएर खेती सुरु गरेका तेह्रथुम लालीगुराँस सोल्माका किसानको घर घरमा किबी खेती देख्न सकिन्छ । परम्परागत खेती भन्दा नयाँ खेती सुरु गर्दा धेरै फाइदा भएको सोल्माका किसान देवी पोख्रेलको भनाई छ । नगदेबालीबाट मनग्य आम्दानी लिन सकिने उहाँले बताउनुभयो । यहाँका […]

व्यवसायिक तरकारी खेतीमा धनकुटाका किसानको आकर्षण बढ्दै : घरैपिच्छे टनेल निर्माण

साउन १२, धनकुटा । धनकुटा–१ सिजाली टोलका तेजकुमार सिजाली मगरको घर तलको कान्ला वारिमा टनेल घर छ । सो टनेल घरमा अचेल मौसमी तथा बेमौसमी सिजनमा फल्ने अर्गानिक तरकारी उत्पादन हुन्छ । टनेल घरमा फलेको तरकारीले घरको भान्सा मात्र धानेको छैन, तरकारी विक्रीबाट केही आम्दानी समेत गराएको छ । यो क्षेत्र लेकाली भएकाले गर्दा यहाँको मौसम चिसो हुन्छ ।  चिसोको कारण अहिले सम्म पनि गोलभेंडा फलाउन सकेका थिएनौं । तर टनेल घर निर्माण गरेपछि टोलभरि पहिलो पटक गोलभेंडा फलायौं । आफूले पनि उपभोग ग¥यौं, विक्री पनि पर्‍यौं । ‘सधै किनेर मात्रै उपभोग गरिरहेका थियौं गोलभेंडा’ उनले भने ‘सधै किनेर मात्रै खाने हामी गाउँभरिकाले गोलभेंडा फलाएर विक्री गरेर हातमा पैसा थाप्दा खुसी मात्र लागेको छैन, छक्क परेका छौं ।’ युएनडिपी, धनकुटा नगरपालिका र पर्डेप नेपालबाट सहयोग प्राप्त भएपछि धनकुटा–२ भीरगाउँका प्रेमबहादुर पाठकले गत वर्ष चैत्रमा टनेल घर निर्माण गरे । लगत्तै वैशाखमा उनले टनेल घरमा गोलभेंडा रोपे । रोपेको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म गोलभेंडाले उत्पादन दिइरहेको उनको भनाइ छ ।  बाहिरको खुला वातावरणमा भन्दा टनेल घर भित्रको विरुवा लामो समयसम्म रहने मात्रै उत्पादन पनि धेरै दिने उनको अनुभव छ । टनेल भित्र फलेको गोलभेंडा विक्रीबाट एकै सिजनमा ९० हजार रुपैयाँ आम्दानी गरेको पाठक बताउँछन् । दाताको सहयोगमा एउटा टनेल घर बनाए । मनग्य आम्दानी हुन थालेपछि व्यक्तिगत लगानीमा ९ ओटा टनेल घर बनाएको उनले बताए । उनले भने ‘टनेल भित्रको फल हेर्दा राम्रो र सफा हुने भएकोले गर्दा सबै उपभोक्ताकोे रोजाईमा परेको छ।’ धनकुटा–३ पात्लेका कुलबहादुर कार्की पनि अचेल टनेल घरमा तरकारी फलाएर मनग्य आम्दानी गर्छन् । दशकौं अघिदेखि तरकारीको व्यसायिक खेतीमा उनी संलग्न छन् । बाहिरको खुल्ला वातारणमा भन्दा टनेल घरमा तरकारी फलाउँदा उत्पादन दोब्बर र भाउ राम्रो पाएको उनी बताउँछन् ।  युएनडिपी र धनकुटा नगरपालिकाको आर्थिक सहयोग तथा पर्डेप नेपालको व्यवस्थापनमा आर्थिक वर्ष ०७६/७७ मा क्लाइमेट स्मार्ट भिलेज र आर्थिक वर्ष ०७७/७८ मा कोभिड–१९ रेसपोन्स र सोसियल इकोनोमिक रिकभरि प्रोजेट नामको कृषि कार्यक्रम पेशालाई बढवा दिई रोजगारिका अवसर बढाउने प्रयास गरिएको थियो । किसानलाई उपलब्ध गराएको सहयोगबाट उनीहरुले उत्साहजनक रुपमा तरकारी उत्पादन गरिरहेका छन् । सो कार्यक्रम अहिले नगरका १, २, ३ र १० नं. वडाका करिव एक हजार घरधुरीमा सञ्चालन भइरहेको छ । यूएनडिपिले कार्यक्रम मार्फत टनेल घर निर्माण मात्रै होइन रोप्नको लागि गोलभेंडा, ढेडे खोर्सानी, हात्तिसुढें खोर्सानी, ब्रोकाउली, काउली, रायोको साग जस्ता वालीका बीउबिजन समेत निःशुल्क उपलब्ध गराएको थियो । टनेल निर्माणको प्राविधिक पक्ष लागत र खेती सम्वन्धी तालिम समेत संस्थाले दिलाएको परियोजना संयोजक मीनप्रसाद सुवेदीले बताए ।  हाल कार्यक्रम सञ्चालन भइरहेको धनकुटा नगरपालिका क्षेत्रका चार ओटा वडाका हरेक घरमा टनेल घर छन् । टाढाबाट हेर्दा घरैपिच्छे टनेल घर देखिन्छ । टनेलका घर भित्र तरकारी फलेका छन् । फलेका तरकारीले हरियाली देखिन्छ ।  कार्यक्रम अन्र्तगत नगरका ४ ओटा वडामा एक हजार घरधुरीमा प्लाष्टिक टनेल हाउस खरीद तथा निर्माण गरिएको छ । त्यस्तै टनेलमा खेती गर्न उन्नत बीउबिजन वितरण गरिएको छ ।  किसानले फलाएको तरकारी बजारसम्म लैजान र कृषिजन्य सामाग्री ल्याउन सहजहोस भन्ने उद्देश्यले वडा छनौंट गरि ३ ओटा टेम्पो लागत साझेदारीमा वितरण गरिएको थियो ।  त्यस्तै धनकुटा–२ चोक्रोकमा तरकारीका स्वस्थ विरुवा उत्पादन गर्न नर्सरी पोली हाउस निर्माण गरिएको छ । किसानले फलाएको तरकारी विक्री वितरणमा सघाउ पुर्‍याउने उद्देश्यले धनकुटा–१ सिजाली गाउँमा मोडल तरकारी संकलन केन्द्रसमेत निर्माण गरिएको छ ।  कार्यक्रम सञ्चालन भएको वडाको ८ स्थान छनौट गरी हाइटेक भेजिटेवल फारमिङ निर्माण गरिएको छ । रोजगारमूलक कार्यक्रम अन्तर्गत निम्न आय भएका ३० घरधुरी छनौट गरि वंगुर र कुखुरा निःशुल्क प्रदान गरिएको थियो । त्यस्तै सहकारी तथा समूह व्यवस्थापन तालिम समेत प्रदान गरिएको थियो ।  त्यसो त धनकुटा–३ सिप्तिङका भक्त मल्लले हाइटेक भेजिटेवल फार्मिङमा एभोकाडोको कलमी ३ हजार ५०० र कटुसको ५०० ओटा नर्सरी तयार गरेका छन् । एउटा कलमीको कम्तिमा ५०० धनकुटा–३ स्थित सिप्तिङका कृषक कृष्णबहादुर खत्रीले एभोकाडोको कलमी गरेको नर्सरीमा करीब ३ हजार २०० बिरुवा  रहेको छ ।  लगभग ८० प्रतिशत विरुवा हुर्कने अवस्था रहेको छ । उनका अनुसार घरमा रहेको बीउबाट उमारेको बिरुवालाई रुटस्टक भनिन्छ । फल्दै गरेको गुणस्तरीय बोटको हाँगा (साईन) लाई ल्याएर ग्राफटिङ विधिवाट जोडिन्छ । त्यसरी तयार गरेको विरुवालाई कलमी भनिन्छ । यस्तो विरुवालाई एकदम हिफाजात र राम्रो हेरचाह गरिरहनु पर्छ बिरुवा वचेको नबचेको करीब ४ महीनामा थाहा हुने खत्री बताउँछन् । उनलाई टनेल भित्र टमाटर, धनिया नलगाएर किन यता लागेको भनेर सोध्दा टमाटर, धनियाँबाट बढिमा रू. ५० हजार कमाईन्थ्यो होला तर मलाई यो टनेल उपलव्ध भएपछि नर्सरी गर्दा बिरुवा झन सुरक्षित र हुर्काउन सजिलो भएको महशुस भयो ।  किनभने टनेल भित्र नर्सरी गर्दा तापक्रम झन् मिलेर विरुवालाई आवश्यक तापक्रम मिली विरुवालाई फाईदा पुगेको महसुस गरेको बताए । बजार मूल्य पाउन सक्दा कम्तिमा पनि ३०० देखि अधिकतम ६०० सम्म पाउन सकिने भएकाले मेहनत गर्दा लाखौ आम्दानी हुने भएकाले यसतर्फ आकर्षित भएको कुरा बताए ।  पर्डेप नेपालका कृषि अधिकृत सूर्य प्रसाद सापकोटाले यो कार्यक्रम मार्फत एउटा घर एउटा टनेल अनिवार्य राख्नु पर्ने रहेछ भनेर किसानहरुमा चेतनाको विकास भएको बताए । किसानहरु बेमौसमी उत्पादन गर्ने, अर्गानिक उत्पादन गर्ने, रासायनिक तिर नजाने, आफू पनि बाँच्ने अरुलाई पनि बचाउनेतर्फ जोड दिन थालेका छन् ।

विरुवा बेचेर मनग्य आम्दानी

दाङ : शान्तिनगर–४ जुम्लेकुलाका ४५ वर्षीय हेमन्त डाँगीलाई हिजोआज फलफूल तथा अन्य बोट विरुवाहरू बेच्न भ्याइनभ्याइ छ। डाँगी फलफूल तथा नर्सरी फर्म दर्ता गरी करिब दुई बिघा जमिनमा विभिन्न बोट विरुवाको नर्सरी खेती गर्दै आएका उनले अहिले दैनिक १० देखि ३० हजार रुपैयाँ बराबरको बिक्री गर्दै आइरहेका छन्। करिब ६ वर्ष मलेसिया बसेर आएपछि उनले ३ वर्षदेखि यो व्यवसाय सुरु गरेका हुन्। ३० वर्षसम्म बुबाले गर्दै आएको नर्सरी व्यवसाय बुबाको मृत्यु भएपछि बन्द भएको थियो। हेमन्तले  अहिले पश्चिम दाङलगायत विभि

नर्सरीमा व्यस्त छन् सल्यानका किसान

सल्यान : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट देशलाई बचाउन सरकारले लकडाउन गरे पनि सल्यानका किसान अहिले फलफूलका नर्सरी राख्न व्यस्त छन्।  विशेषगरी कागती, सुन्तला, टिमुरका नर्सरी  राख्न यतिबेला सल्यानका किसानहरु व्यस्त हुन थालेका हुन्। नर्सरी व्यवसायमा थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिने बागचौर...

फलफूलका बेर्ना बेचेर मनग्य आम्दानी

बैतडी : फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ।  सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकाका किसानहरुले फलफूलका बिरुवाबाट आम्दानी गरिरहेका हुन्। दशरथचन्द–१ गुरुखोला र सुर्नया–२ बासुलिंगका किसानहरुले हिउँदे तथा बर्खे फलफूलका बिरुवा रोपेर आम्दानी गर्दै आएका छन्। निजी नर्सरी...

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका –४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।