गण्डकीको गाँठो : केन्द्रको निर्देशन पर्खँदै मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको दुई सातामा पनि कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । नयाँ गठबन्धनका दलबीच मन्त्रालयमा भागबण्डा नमिल्दा गत जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलको मन्त्रिपरिषद् अपूर्ण रहेको छ । प्रदेशमा नयाँ गठबन्धनका लागि निर्णायक मानिएका सत्ता सहयात्री साना पार्टीहरुले आकर्षक मन्त्रालयमा दाबी गरेका कारण मुख्यमन्त्रीलाई सकस परेको छ । आकर्षक मानिएको अर्थमन्त्रालय जसपालाई दिन गरेको सहमति कार्यान्वयन गर्न द

सम्बन्धित सामग्री

सुलभ एवम् सहज स्वास्थ्य सेवा प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै प्रमुख सहरबाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ...

पोखरालाई आर्थिक विकासको हब बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको हब बनाउने खालका योजना तर्जुमा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिकाको १० औँ सभाको आज उद्घाटन कार्यक्रममा उनले भने, ‘गण्डकी प्रदेश हरेक सूचकाङ्कमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा हामी पछाडि छौँ । यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने आवश्यकता छ ।’ पोखरा अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्रको रुपमा विकास अघि बढेको मु

निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सोमबार पोखरा उद्योग वाणिज्य संघले गरेको बधाइ तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन् । आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दरिलो हुनुपर्नेमा उनले जोड दिए । ‘लगानीमैत्री वातावरणका लागि नीतिगत, कानुनी, संस्थागत संरचना र प्रक्रियागत सुधार गर्दै  सहकार्य गर्न तयार छौं,’ उनले भने । मुख्यमन्त्री पोखरेलले युवालाई उद्योग व्यवसायतर्फ आकर्षित गर्न प्रदेश सरकारले ‘स्टार्टअप’ र ‘इनोभेसन’ लाई प्राथमिकतामा राखेको बताए । उनले व्यवसाय र उद्योगसँग अहिले प्रविधि जोडिएको बताउदै प्रविधिकै कारण लागत मूल्य कम पर्ने भएकाले उपभोक्ता अनुकूल मूल्यमा सामान प्राप्त गर्न सक्ने भनाइ राखे । कोरोनाबाट थलिएका साना व्यवसायीका लागि ल्याइएको जीवन रक्षा कोषलाई थप प्रभावकारी बनाएर लगिने उनले जानकारी दिए । प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न सरकारले काम थालिसकेको उनले बताए । मुख्यमन्त्री पोखरेलले सरकारले बजेट व्यवस्था गरेर आवश्यक खोप खरिद गर्ने प्रयत्न भइरहेकाले प्राथमिकता र मागअनुसार खोपको व्यवस्थापन गरिने बताए । तुलनात्मक रूपमा लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्र पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सके मात्र जनताको विकासको चाहना पूरा गर्न सकिने उनको धारणा छ । उत्तरको कोरोला र दक्षिणको त्रिवेणी नाका खुलाएर अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्न संघीय सरकारसँग सहयोग मागिरहेको उनले बताए । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले प्रतिकूल समय व्यवसायीको बाध्यता आफूले बुझेको बताए । २१ अर्ब केन्द्रको अनुदान हुँदा ३० अर्बको बजेट ल्याउनुपर्ने वाध्यता औंल्याउँदै आन्तरिक राजस्व वृद्धि नगर्दासम्म प्रदेशमा ठूला परियोजना परिकल्पना गर्न नसकिने उनको भनाइ थियो । अर्थमन्त्री रामजी बरालले निजी क्षेत्रलाई साथमै लिएर अघि बढ्ने विश्वास दिलाए । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले व्यवसायीलाई खोप दिने व्यवस्था गर्न लागिएको जानकारी दिए । कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले सरकार आफैंले व्यापार व्यवसाय गर्न नसक्ने भएकाले निजी क्षेत्रका लागि सहज वातावरण बनाउनुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले समावेशिताका आधारमा विकास गर्नुपर्नेमा जोड दिइन् । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्रदेश राजधानी पोखराको समग्र विकासका लागि सरकारलाई थप क्रियाशील हुन सुझाए ।

मुख्यमन्त्री व्यस्त, गण्डकी प्रदेशमा बजेट छलफल अस्तव्यस्त

पोखरा : सरकार गठन भएको २२ दिन पुगिसक्दा पनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन । सत्ता साझेदार दलहरुसँग मन्त्रालयको भागबन्डा मिलाउन नसकेपछि केन्द्रका नेतासँग आग्रह गरेका छन् । अहिले प्रदेशका सत्ता साझेदार दलहरु केन्द्रको निर्णय कुरिरहेका छन् ।  मुख्यमन्त्री पोखरेल बजेट छलफलपछि …

मुख्यमन्त्री व्यस्त, गण्डकी प्रदेशमा बजेट छलफल अस्तव्यस्त

पोखरा : सरकार गठन भएको २२ दिन पुगिसक्दा पनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन । सत्ता साझेदार दलहरुसँग मन्त्रालयको भागबन्डा मिलाउन नसकेपछि केन्द्रका नेतासँग आग्रह गरेका छन् । अहिले प्रदेशका सत्ता साझेदार दलहरु केन्द्रको निर्णय कुरिरहेका छन् ।  मुख्यमन्त्री पोखरेल बजेट छलफलपछि …

'वाम गठबन्धनका लागि सक्दो कोसिस गरियो, तर माओवादीका साथीहरू आजै बाहिरिनुभो'

काठमाडाैं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वाम गठबन्धनमा नेकपा माओवादी केन्द्रले समस्या पारेको उल्लेख गरेका छन।आज सामाजिक सञ्जालमा उनले लेखेका छन्– वाम गठबन्धन कायम राख्ने अधिकतम् कोसिस गरियो। तर माओवादी केन्द्रको निर्देशनअनुसार साथीहरु आजै बाहिरिनु भोआफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन्। अविश्वास प्रस्तावबाट असुरक्षित देखिएका मुख्यमन्त्री पोखरेल यससँगै सु

वैशाखको चुनावमा सबै सहभागी हुनुपर्छ र सबैले स्वीकार्नुपर्छ : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बर्दियाको शिवगंगा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्ष सहितको नवनिर्मित भवनको मंगलवार उद्घाटन गरेका छन् ।      १ करोड ४० लाख रुपैयाँको लागतमा निर्मित भवनमा ३० कोठा छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि ८५ लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।  सो अवसरमा मुख्यमन्त्री पोखरेलले विकास र समृद्धिको जनचाहनालाई पूरा गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि आगामी वैशाखमा हुने चुनाव सबै सहभागी हुनुपर्छ र यसलाई स...