बिग्रिएको छवि सुधार्ने उद्देश्यले नयाँ बनाइएका मुख्यमन्त्री नै एकपछि अर्काे विवादमा फस्न थालेपछि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वले उत्तराखण्डका मुख्यमन्त्री तीरथसिंह रावतलाई राजधानी नयाँदिल्ली बोलाएको छ ।
यसअघि नयाँ दिल्ली बोलाइएका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले राजीनामा दिनुपरेको थियो । नयाँ मुख्यमन्त्री तीरथसिंह सोमवारदेखि ४ दिने दिल्ली भ्रमणमा पुगेका छन् ।
दिल्लीमा रहँदा मुख्यमन्त्री रावतले पार्टी नेतृत्व सँगसँगै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पछिल्लो पटक २० ब...