नेपाली योग प्रशिक्षक विक्रम खड्काले तीन घण्टा ५० मिनेटसम्म वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाउनुभएको छ । लायन्स क्लब अफ काठमाडौँ च्याम्पिएनले आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खीलराज रेग्मीले उहाँलाई विश्वरेकड प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले केही हप्ताअघि प्रमाणपत्र उपलब्ध गराएको थियो । उक्त प्रमाणपत्र आज खड्कालाई हस्तान्तरण गरिएको […]