काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार पनि कर कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाइने बताएका छन् । आइतबार महानगरको नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका शाहले महानगरभित्रका करदाताहरूलाई सरल, सहज र सुविधासम्पन्न कर भुक्तानीको व्यबस्था गर्दै सार्वजनिक विदाको दिन शनिबार पनि कर कार्यालय खुल्ला रहने व्यवस्था मिलाउने बताए । हाल भुक्तानीका लागि महानगरले अवलम्वन गर्दै आएको विद्युतीय भुक्तानीका प्रणालीहरूलाई समेत थप सहज र व्यवस्थित गराइने मेयर शाहल