काठमाडौं : शनिबार पनि कर कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै ठूला, मध्यमस्तरीय, आन्तरिक राजस्व र करदाता सेवा कार्यालयहरु तथा राजश्व संकलन गर्ने बैंक शाखा एवं काउण्टर खुला रहने जनाएको हो। आयकरको किस्ता रकम दाखिल गर्नुपर्ने करदाताले कारोबारको अनुमानित करको विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तेस्रो किस्ता असार मसान्तभित्रै बुझाउन पनि विभागले आग्रह गरेको छ। आर्थिक वर्षको अन्तिम भ